बुधबार २१ मंसिर, २०७९
मंसिर २१ काठमाडौं, आजभन्दा करिब एक वर्षअघि एमालेबाट अलग भई बनेको विद्रोही शक्ति नेकपा एकीकृत समाजवादी(ए.स) राष्ट्रिय दल बन्न असफल भएको छ । यहि मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा निर्वाचन सम्बन्धी कानुनमा भएको व्यवस्था अनुसार नेकपा ए.स.ले तीन प्रतिशत थ्रेसहोल्ड मत ल्याउन नसक्दा राष्ट्रिय दल बन्नबाट वञ्चित भएको हो ।
प्रत्यक्षमा १० सिट जितेको नेकपा एसले समानुपातिकतर्फ दुई लाख ९८ हजार ३९१ मत पाएको हो । यस निर्वाचनमा कुल खसेको मतमध्ये एक करोड पाँच लाख ६० हजार ८२ मत सदर भएको हो । सदर मत मध्येबाट थ्रेसहोल्डबाट जोगितका लागि एकीकृत समाजवादीले १८ हजार ४११ अर्थात् ३ लाख १६ हजार ८०२ मत ल्याउन सकेन । तीन प्रतिशत थ्रेसहोल्ड कटाउन नसक्दा राष्ट्रिय दलको हैसियतले पाउने सबै सेवा सुविधा गुमाएको छ ।