आईतवार ४ आश्विन, २०८३ (Sunday September 20, 2026)

राष्ट्रपति भण्डारीले आज संघीय संसद्को संयुक्त बैठक सम्बोधन गर्दै 

शुक्रबार २७ माघ, २०७९ विचारवाटिका 2549


राष्ट्रपति भण्डारीले आज संघीय संसद्को संयुक्त बैठक सम्बोधन गर्दै 

माघ २७ काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त बैठकलाई आज शुक्रबार सम्बोधन गर्दै हुनुहुन्छ ।

संघीय संसद् भवनमा दिउँसो ३ बजे बस्ने प्रतिनिधि सभा तथा राष्ट्रिय सभाको संयुक्त बैठकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्नुहुने जनाइएको छ ।

 संविधानको धारा ९५ बमोजिम आज दिउँसो ३ बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न लाग्नुभएको हो । संविधानको धारा ९५ मा राष्ट्रपतिले संघीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्न सक्ने व्यवस्था रहेको छ । 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु