शुक्रबार ४ बैशाख, २०८३ (Friday April 17, 2026)

गुरुङको आत्मकथा ‘म मकरध्वज’ सार्वजनिक

आईतवार ७ फाल्गुन, २०७९ विचारवाटिका 2565


गुरुङको आत्मकथा ‘म मकरध्वज’ सार्वजनिक

फागुन ७ काठमाडौं, राजनीतिज्ञ तथा समाजसेवी मकरध्वज गुरुङको आत्मकथासम्बन्धी कृति ‘म मकरध्वज’ सार्वजनिक भएको छ ।

गुरुङको तत्कालीन सामाजिक, राजनीतिक जीवन भोगाइ र स्मरण उजागर गरिएको उक्त पुस्तक हिजो आयोजित ‘पुस्तक विमोचन तथा ज्ञान हस्तान्तरण समारोहमा’ विमोचन गरेका छन् ।

विभिन्न विषयका ४२ शीर्षकका लेख समेटिएको दुई सय ८० पृष्ठको पुस्तकमा इतिहास, सामाजिक परिवेश, विकास, अनुभूति र भोगाइका रोमाञ्चक स्मरण उल्लेख गरिएको छ ।

घोस्ट राइटिङ नेपालले प्रकाशन गरेको उक्त पुस्तकमा लेखक गुरुङले ‘गौरीशङकर र चेर्दुङको बस्ती, नुनखेप्न भोटतिर, भेडीगोठमा भालु आयो, आफैँभित्र देवता र दानवजस्ता विभिन्न शीर्षकमा रोचक र घतलाग्दा विवरण समावेश गरेका छन् ।


 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु