बुधबार १९ बैशाख, २०८१ (Wednesday May 01, 2024)

दुई नवनियुक्त मन्त्रीले गरे शपथ ग्रहण 

आईतवार ८ पुष, २०८० विचारवाटिका 1231


दुई नवनियुक्त मन्त्रीले गरे शपथ ग्रहण 

पुस ८, लुम्बिनी प्रदेशका दुई नवनियुक्त मन्त्रीले आज शपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले हिजो साँझ माओवादी केन्द्रकी कृष्णा केसी (नमूना) लाई ग्रामीण, खानेपानी तथा शहरी विकास मन्त्री र नेपाली कांग्रेसका सरोज थापालाई उद्योग वाणिज्य तथा यातायात मन्त्रीमा नियुक्त गरेका थिए । 

लुम्बिनीमा मुख्यमन्त्री सहित मन्त्रीको संख्या ९ जना पुगेको छ । मुख्यमन्त्री चौधरीले आठ महिनापछि आफ्नो मन्त्रिमण्डल बिस्तार गरेका हुन् । चौधरी बैशाख १४ गते आठ दलको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु