बुधबार १२ बैशाख, २०८१
बैशाख १२ रामेछाप ,नेकपा (एमाले) रामेछाप नगर कमिटीको अध्यक्ष राेशन पाख्रीनकाे नेतृत्वमा रामेछाप -काठमाडौं सम्पर्क मञ्च तथा जिल्लाका केही समाजसेवीहरूकाे आर्थिक सहयाेगमा बैशाख ९ गते आगलागीबाट पूर्ण क्षेति भएकाे रामेछाप नगरकाे छ घर परिवारको घर-घरमा पुगि अति आवश्यक सामाग्री तथा नगद वितरण गरेकाे छ ।



बैशाख ९ गते रामेछाप नगरकाे तीन ठाउँमा आगलागी हुदा साँघुटारकाे ठाडखाेलामा दुई घर परिवारकाे ६ वटा घर ओख्रेनीकाे डान्सिङटारमा दुई घर परिवारकाे चार वटा घर र सुकाजाेरकाे डुडेमा दुई घर परिवारकाे सात वटा घर पूर्ण रूपमा क्षति भएकाे खबर थाहा पाए पछि नेकपा (एमाले)का नेता कार्यकर्ता र रामेछाप -काठमाडौं सम्पर्क मञ्च समेतको आर्थिक सहयाेगमा ८५-९० हजार बराबरकाे राहात सामाग्री बाेकेर नगर अध्यक्ष राेशन पाख्रीन,नगर उपाध्यक्ष हरि प्रधान ,नगर सचिव सुन्दर घिमिरे ,नगर उपसचिव कुबेर श्रेष्ठ लगायत जिल्ला कमिटीको नेता तथा स्थानीय वडा कमिटीको नेताहरू साँघुटारकाे ठाडखाेला ,ओख्रेनीकाे डान्सिङटार र सुकाजाेरकाे डुडेमा पुगि अति आवश्यक सामाग्री तथा नगद वितरण गरेकाे नगर कमिटी अध्यक्ष पाख्रीनले विचार वाटिकालाई जानकारी गराउनु भयाे ।


