सोमबार २८ पुष, २०८२ (Monday January 12, 2026)

युराेप भ्रमणमा रहेकी चित्रकार यादवकाे फिनल्यान्डमा मिथिला कला प्रदर्शनी ।

सोमबार ७ जेष्ठ, २०८१ विचारवाटिका 1455


युराेप भ्रमणमा रहेकी चित्रकार यादवकाे फिनल्यान्डमा मिथिला कला प्रदर्शनी ।

जेठ ७ काठमाडौं ,युराेप भ्रमणमा रहनुभएकी मिथिला चित्रकार रन्जु यादवकाे अर्काे एकल मिथिला चित्रकला प्रदर्शनी फिनल्यान्डमा सम्पन्न भएकाे छ ।
गैरआवासीय नेपाली संघ ( एनआएनए) फिनल्यान्डकाे आयाेजनामा फिनल्यान्डकाे राजधानी हेलसिन्कीमा एक दिवसीय चित्रकला  प्रदर्शनी सम्पन्न भएको हाे ,युरोप भ्रमणको क्रममा चित्रकार यादवको फिनल्यान्डनै अन्तिम मिथिला कला प्रदर्शनी थियाे ।
प्रदर्शनीमा चित्रकार यादवका ४० वटा मिथिला चित्रहरू राखिएकाे थियाे ,यादवको चित्रहरू नेपाली समाज र संस्कृतिकाे राम्राे पक्षकाे उजागर र नराम्रो पक्षमाथि प्रहार गर्ने खालकाे हुन्छन् , 
जर्मनी ,डेनमार्क र फिनल्यान्डमा आफ्नो मिथिला चीत्रहरू प्रदर्शन गर्न चित्रकार यादव गत बैशाख ६ गते ३३ दिनका लागि युराेप कला यात्रामा गएकाे थियाे ।


नेपाली समाज जर्मनीकाे आयाेजनामा गत बैशाख ८ गते जर्मनीको फ्रयान्कफर्टमा उनकाे एकल चित्रकला प्रदर्शनी भएकाे थियाे, डेनमार्क स्थित नेपाली दुतावास ,एनआएनए डेनमार्क र रेस्टुरेन्ट नेपाली भान्छाले संयुक्त रूपमा  जेठकाे  ११र १२ गते डेनमार्ककाे राजधानी काेपनहेगनमा उनकाे दुई दिवसीय एकल चित्रकला प्रदर्शनीकाे आयाेजना गरेकाे थियाे ।
पहिले पनि एनआएनए डेनमार्कले आयाेजना गरेकाे एक दिवसीय मिथिला आर्ट वर्कशपमा चित्रकार यादवले करिब पचास जना नेपाली र भारतीय बालबालिका र उनका अभिभावकहरू लाई मिथिला चित्र बनाउन सिकाएको थियाे ,




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु