मंगलवार ८ जेष्ठ, २०८१
जेठ ८ काठमाडौं , चलचित्र पत्रकार संघ नेपालकाे २५ औं वार्षिकोत्सबकाे अवसरमा चलचित्र पत्रकार संघ नेपालले चलचित्र पत्रकारिता दिवस तथा रजत स्थापना दिवस विशेष समारोहमा कलाकर्मी डटकमका प्रधान सम्पादक कृष्ण भट्टराई राष्ट्रिय पत्रकारिता सम्मान २०८१ द्वारा सम्मानित भएकाे थियाे ।
उपप्रधान एवम् भाैतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठकाे प्रमुख आतिथ्यत तथा संघकाे अध्यक्ष समीर बलामीकाे सभापतित्वमा नक्सालस्थित लिसारा रिसेरसनमाआयाेजित समाराेहमा तीन दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहेकाे भट्टराई सगै सञ्चारकर्मी जयन सुब्बा मानन्धर ,रविन्द्र खड्,शिल्पा अधिकारी सहित सातजना पत्रकारलाई नगद पाँच हजार पाँच रूपैयाँ सहित रजत वर्ष विशेष सम्मान ,सञ्चारकर्मी राज श्रेष्ठलाई राष्ट्रिय चलचित्र पत्रकारिता बाट सम्मान ,पत्रकार सुरज खड्का तथा अशेष अधिकारीलाई जनही नगद ५१ हजार सहित राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान र मदन रिजाल तथा शिव पुनलाई जनही २५ हजार नगद सहित क्रमश राष्ट्रिय चलचित्र पत्रकारिता प्राेत्साहन तथा राष्ट्रिय माेफसल चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरेकाे थियाे ।