मंगलवार ११ असार, २०८१
असार ११ काठमाडौं , चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) विदेश विभागकाे निमन्त्रणामा नेकपा ( एमाले ) का उपमहासचिव बिष्णु रिमालकाे नेतृत्वमा नेताहरूकाे टाेलि आज चिन भ्रमणमा जादै छ।

भ्रमणमा उपमहासचिव रिमाल सगै नेताहरू भानुभक्त ढकाल, विनाेद श्रेष्ठ , सुजिता शाक्य ,इन्दिरादेवी गाैतम,लालबहादुर थापा, नागेन्द्र शाही , जीवन गाैतम सांसदहरू महेश बस्नेत ( इलाम ) सरस्वती सुब्बा ,मधेस प्रदेश अध्यक्ष चन्देश्वर मण्डल ,श्रीप्रसाद श्रेष्ठ ,घनश्याम सुवेदी ,प्रेम्वा लामा, प्रेम दंगाल लगायतका नेताहरू रहेकाे नेकपा ( एमाले ) परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराईले जानकारी गराउनु भएकाे छ ।
भ्रमणको क्रममा चिनियाँ कम्युनिष्ट पार्टीको उच्च तहसँग भेटवार्ता हुनुकाे साथै टाेलीले चीनकाे बेइजिग सहिद विभिन्न प्रान्तकाे भ्रमण गर्ने एमालेले जनाएकाे छ ।