बुधबार ६ श्रावण, २०८३ (Wednesday July 22, 2026)

सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पाँचौं दिनकाे छैटौं रक्तदान कार्यक्रम सम्पन्न ,भाेली जेष्ठ नागरिकहरू लाई भाेजन तथा फलफुल वितरण गरिदै।

शनिबार ५ श्रावण, २०८१ देव कुमारी श्रेष्ठ 2300


सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पाँचौं दिनकाे छैटौं रक्तदान कार्यक्रम  सम्पन्न ,भाेली जेष्ठ नागरिकहरू लाई भाेजन तथा फलफुल वितरण गरिदै।

श्रवण ५ काठमाडौं , नेपाल कम्युनिष्ट पार्टीको संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्म शताब्दी तथा ४६ औं   स्मृति दिवसको अवसरमा रामेछाप - काठमाडौं सम्पर्क मञ्च द्वारा आयाेजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज पाँचौ दिनकाे छैटौं कार्यक्रम   बृहत रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।

 


  मन्थली नगर सम्पर्क मञ्चको अध्यक्ष अरूण प्रसाद अधिकारीकाे अध्यक्षता तथा नेकपा ( एमाले ) केन्द्रीय कमिटी सदस्य तथा संगठन विभाग सचिव  माधव ढुङ्गेगेलकाे प्रमुख आतिथ्यता तथा रामेछाप - काठमाडौं सम्पर्क मञ्च मातहतको विभिन्न पालिका सम्पर्क मञ्च र वडा सम्पर्क मञ्चको उल्लेखनीय उपस्थिति रहेको बृहत  रक्तदान कार्यक्रम नेपाल रक्तसञ्चार सेवा ललितपुरले प्रविधिक सहयाेग र नेकपा (एमाले) रामेछाप - काठमाडौं सम्पर्क मञ्चकाे सहकार्यमा सम्पन्न भएकाे थियाे ।

 


सम्पर्क मञ्च द्वारा आयाेजित छैटौं दिनकाे साताैं कार्यक्रम भाेलि वेलुका पाँच वजे डाेलेश्वर आश्रम भक्तपुरमा गहि  जेष्ठ नागरिकहरू लाई भाेेजन तथा फलफुल वितरण गर्ने कार्यक्रम रहेकाे सम्पर्क मञ्चको अध्यक्ष प्रमाेद भण्डारी ( रविन्द्र) ले जानकारी गराउनु भयाे ,साथै उक्त कार्यक्रममा जिल्ला सम्पर्क मञ्च ,पालिका सम्पर्क मञ्चको सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू लाई उपस्थिति हुन अनुराे समेत गर्नु भएकाे छ ।

             तस्बिर :- खिल बहादुर श्रेष्ठ 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु