शनिबार ५ बैशाख, २०८३ (Saturday April 18, 2026)

दुई लाख ५२ हजार विद्यार्थीले एसईई पूरक परिक्षा दिदै ।

बुधबार २३ श्रावण, २०८१ विचारवाटिका 1637


दुई लाख ५२ हजार विद्यार्थीले एसईई पूरक परिक्षा दिदै ।

श्रावण २३ काठमाडौं , आज बुधबारदेखि सुरू हुने माध्यमिक शिक्षा परिक्षा (एसईई) मा एनजी अर्थात ननग्रेड आएकाे २ लाख ५२ हजार बिद्यार्थीले पूरक परिक्षा दिदै छ ।
 एसईई निर्देशिका २०७९ अनुसार दुई विषय सम्म एनजी आउने बिद्यार्थीले मात्रै पूरक परिक्षामा सहभागी हुन पाउने नियम भएतापनि तत्कालीन शिक्षामन्त्री सुमना श्रेष्ठले एनजी आएकाे सबै बिषयमा पूरक परिक्षा दिन पाउने नियम जारी गरेसगै एनजी आएकाे सबै विद्यार्थीले पूरक परिक्षामा सहभागी हुन लागेकाे बाेडले जनाएकाे छ ।
  साउन २३ गते देखि ३१ गते सम्म पूरक परिक्षाकाे मिति ताेक्दै परिक्षा मर्यादित बनाउन सबै केन्द्रहरूलाई निर्देशन दिएकाे र आज हुन लागेकाे अनिवार्य अंग्रेजी  बिषयमा एक लाख एक हजार ३८३ जना बिद्यार्थीहरूले पूरक परिक्षा दिदै छ र याे वर्ष सबै भन्दा धेरै  एनजी आएकाे गणित बिषयमा एक लाख ७७ हजार ९८५ जना बिद्यार्थीले पूरक परिक्षा दिदै छ , पुरक परिक्षाकाे नतिजा अन्तिम बिषयकाे परिक्षा सकिएकाे १५-२० दिनमा प्रकाशन गरिने बाेर्डले जनाएकाे छ ।

 

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु