शनिबार २६ श्रावण, २०८१
श्रवण २६ काठमाडौं , नेकपा (एमाले) रामेछाप - काठमाडौं सम्पर्क मञ्च मातहतको रामेछाप नगर वडा नं ८ रामेछाप - काठमाडौं सम्पर्क मञ्चको दास्राे वडा सम्मेलनमा प्रमुख अतिथि रहनु भएकाे नेकपा ( एमाले) बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश प्रसाद ढुङ्गेलले रामेछाप नगरमा एमालेले सडक ,खानेपानी ,स्वास्थ्य लगायत धेरै क्षेत्रमा धेरै बिकाश गरेपनि नगरकाे तमाम नागरिक समक्ष कामकाे जानकारी गराउन नसक्दा रामेछाप नगरमा एमालेले सधैं पराजय भाेग्नु परेकाे तिताे सत्य जानकारी गराउनु हुँदै नेपाल कम्युनिष्ट पार्टीको संस्थापक महासचिव पुष्पलालकाे जन्मभूमि भंगेरीमा पुष्पलालकाे पहिचान गर्न नेकपा ( एमाले ) ले चुनाव जित्नै पर्ने भएकाेले अहिले देखिनै बनभाडेकाे पात जस्ताे हाेइन जस्लेपनि टिप्ने माडेर फ्याकिदिने एमालेकाे कार्यकर्ता भनेकाे सिस्नुकाे पात जस्ताे हुनुपर्छ हमेशी छुने आट कसैले गर्न नसकाेस भनी सचेत गराउनु भएकाे छ ।


पूर्व वडा सम्पर्क मञ्चको अध्यक्ष संजय कुमार लामाको अध्यक्षता तथा बागमती प्रदेश कमिटी अध्यक्ष ढुङ्गेलकाे प्रमुख आतिथ्यतामा आयाेजना भएकाे रामेछाप नगर वडा नं ८ रामेछाप - काठमाडौं सम्पर्क मञ्चको दाेस्राे वडा सम्मेलनले सुशील श्रेष्ठको नेतृत्वमा सर्व सहमत १५ सदस्यीय वडा सम्पर्क कमिटी निर्वाचित गरि सम्पन्न भएकाे थियाे ।

सम्मेलनमा बागमती प्रदेश लेखा कमिटी अध्यक्ष श्याम कृष्ण श्रेष्ठ लगायत बागमती प्रदेश कमिटी सदस्य तथा विभागीय सदस्य ,रामेछाप जिल्ला कमिटी अध्यक्ष पुरूषाेत्तम कडरिया लगायत जिल्ला कमिटीको सदस्यहरू , रामेछाप - काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष प्रमाेद भण्डारी ( रविन्द्र) लगायत जिल्ला सम्पर्क मञ्चको पदाधिकारी तथा सदस्यहरू ,रामेछाप नगर कमिटी अध्यक्ष राेशन पाख्रीन लगायत नगर कमिटीको सदस्यहरू , रामेछाप नगर - काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष नर बहादुर विश्वकर्मा लगायत रामेछाप नगर सम्पर्क मञ्चको पदाधिकारी तथा सदस्यहरू अतिथि रहनु भएकाे थियाे ।
