शुक्रबार ४ बैशाख, २०८३ (Friday April 17, 2026)

दाेरम्बा लेखर्ककाे पहिराे पिडित परिवारलाई सम्पर्क मञ्च द्वारा एक लाख पचास हजार आर्थिक सहयाेग ।

बुधबार १२ भाद्र, २०८१ विचारवाटिका 2129


दाेरम्बा लेखर्ककाे पहिराे पिडित परिवारलाई सम्पर्क मञ्च द्वारा एक लाख पचास हजार आर्थिक सहयाेग ।

भदौ  १२ काठमाडौं , नेकपा ( एमाले ) रामेछाप - काठमाडौं सम्पर्क मञ्चले पालिका सम्पर्क मञ्चको सहकार्यमा संकलित दाेरम्बा शैलुङ गाउँपालिका वडा नं. ३ लेखर्ककाे पहिराे पिडित परिवारलाई एक लाख पचास हजार आर्थिक सहयाेग गरेकाे छ ।


हिजाे भदौ ११ गते मंगलबार  बेलुका पार्टी कार्यालय च्यासलमा केन्द्रीय सदस्य माधव ढुङ्गेल ,गिता कार्की लगायतको  उपस्थितिमा सम्पर्क मञ्चको अध्यक्ष प्रमाेद भण्डारी (रविन्द्र)ले  नेकपा ( एमाले)  रामेछाप जिल्ला कमिटी अध्यक्ष पुरूषाेत्तम कडरिया लाई सहयाेग रकम हस्तान्तरण गरेकाे थियाे ।


 जिल्ला पार्टी अध्यक्ष कडरियालाई सम्पर्क मञ्चको अध्यक्ष भण्डारीले रामेछाप - काठमाडौं सम्पर्ककाे पदाधिकारी तथा सदस्यहरू बाट संकलित रकम रू. ३९हजार ९ सय ९५, मन्थली नगर सम्पर्क मञ्चको पदाधिकारी तथा सदस्यहरू बाट संकलित रकम रू. २२ हजार, रामेछाप नगर सम्पर्क मञ्चको पदाधिकारी तथा सदस्यहरू बाट संकलित रकम रू. ६ हजार, उमाकुण्ड गाउँपालि सम्पर्क मञ्चको पदाधिकारी तथा सदस्यहरू बाट संकलित रकम रू. १० हजार,खाडाँदेवि गाउँपालिका सम्पर्क मञ्चको पदाधिकारी तथा सदस्यहरू बाट संकलित रकम रू. ७ हजार ५ रूपैयाँ ,लिखु तामाकोसी गाउँपालिका सम्पर्क मञ्चको पदाधिकारी तथा सदस्यहरू बाट संकलित रकम रू. ५ हजार, गाेकुलगंगा गाउँपालिका सम्पर्क मञ्चको पदाधिकारी तथा सदस्यहरू बाट संकलित रकम रू ५ हजार ,सुनापती गाउँपालिका सम्पर्क मञ्चको  पदाधिकारी तथा सदस्यहरू बाट संकलित रकम रू ५ हजार गरी जम्मा १ लाख र दाेरम्बा शैलुङ गाउँपालिका सम्पर्क मञ्चको पदाधिकारी तथा सदस्यहरू बाट संकलित रकम रू ५० हजार गरि १ लाख ५० हजार नगरमा १ लाख काठमाडौंमा जिल्ला पार्टी अध्यक्ष लाई हस्तान्तरण गरेकाेर बाकी ५० हजार घटनास्थलमै गएर दाेरम्बा- शैलुङ सम्पर्क मञ्चको पदाधिकारी तथा सदस्यहरूले छिटै हस्तान्तरण गर्ने रामेछाप - काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष प्रमाेद भण्डारी ( रविन्द्र) ले विचार वाटिकालाई जानकारी गराउनु भयाे ।
सहयाेग रकम हस्तान्तरण कार्यक्रम केन्द्रीय सदस्य ढुङ्गेल, कार्की, जिल्ला  कमिटी अध्यक्ष  कडरिया,रामेछाप - काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष भण्डारी  सगै ,दाेरम्बा शैलुङका नेता टंक चाैलागाई,नेकपा (एमाले ) रामेछाप जिल्ला कमिटी सदस्य आङछिरिङ लामा, दाेरम्बा - शैलुङ गाउँपालिका कमिटी अध्यक्ष देउ बहादुर थापा, लिखु तामाकोसी गाउँपालिका कमिटी अध्यक्ष के.बि. पाैडेल, मन्थली नगर कमिटी अध्यक्ष रामबाबु घिमिरे , राष्ट्रिय युवा संघ नेपाल रामेछाप जिल्ला कमिटी अध्यक्ष तथा जनप्रतिनिधि सुरेन्द्र कार्की ,सचिव रामहरि कार्की , अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य तिलक घतानी ,रामेङ- काठमाडौं सम्पर्क मञ्चको उपाध्यक्ष दिल बहादुर श्रेष्ठ ( दिलिप) ,सचिव निराजन तिमिल्सिना ,काेषाध्यक्ष नवराज पाण्डे ,सचिवालय सदस्य खिल बहादुरश्रेष्ठ लगायतका नेताहरूकाे उपस्थिति रहेकाे थियाे,

           तस्बिर :- खिल बहादुर श्रेष्ठ ,

                                             भिडियो सहित 

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु