शुक्रबार ४ बैशाख, २०८३ (Friday April 17, 2026)

रामेछाप जिल्ला कमिटीकाे आकस्मिक बैठक बाट प्रधानमन्त्री ओलीलाई धन्यवाद ज्ञापन ।

शुक्रबार १८ आश्विन, २०८१ डिबि श्रेष्ठ 1929


रामेछाप जिल्ला कमिटीकाे आकस्मिक बैठक बाट प्रधानमन्त्री ओलीलाई धन्यवाद ज्ञापन ।

असाेज १८रामेछाप , नेकपा ( एमाले) जिल्ला कमिटी रामेछापको आज बसेको आकस्मिक बैठकले खुर्काेट सुनकाेशीकाे पुलमा तत्काल बेलिबृज पुल निर्माण गर्ने नेपाल सरकारकाे निर्णय प्रति  प्रधानमन्त्री केपी शर्मा ओली तथा ओली नेतृत्वको सरकारलाई धन्यवाद व्यक्त गरेकाे छ ।


  जिल्ला कमिटी अध्यक्ष पुरूषाेत्तम कडरियाकाे अध्यक्षता बागमती प्रदेश कमिटी सदस्य तथा जनप्रतिनिधिहरू आनन्द कुमार श्रेष्ठ ,लव श्रेष्ठ ,गाेपाल श्रेष्ठ , बागमती प्रदेश कमिटी सदस्य गंगा कार्की आतिथ्यता तथा सम्भावित जिल्ला कमिटी सदस्यहरूकाे उपस्थितिमा सम्पन्न भएकाे बैठकले असाेज १०,११,१२ गतेकाे भीषण बर्षात पश्चत् गएकाे बाढी पहिराेकाे कारण भएकाे जनधन र भाैतिक पूर्वाधारको क्षती उद्धार र पूनस्थापनकाे सन्दर्भमा भएगरेकाे कामहरूकाे जानकारी तथा अबिलम्व सम्पन्न गर्नुपर्ने कामहरूकाे बारेमा पार्टीले लिनुपर्ने पहलकदमिकाे विषयमा छलफल गरि सर्व सहमत निर्णय पारित गरिएकाे जिल्ला कमिटी सदस्य तथा प्रचारप्रसार विभाग प्रमुख राकेश श्रेष्ठले जानकारी गराउनु भयाे ।


  बैठकले बाढी पहिराेमा परि ज्यान गुमाएको धनमाया मगर र अन्जु बस्नेत ( माझी) प्रति भावपूर्ण श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना व्यक्त गर्दै , अवरुद्ध सडक ,बिजुली बत्ती ,सञ्चार ,सुचारू गर्न तदारुकताका साथ लाग्नुहुने रामेछापका सबैलाई धन्यवाद र आभार व्यक्त गर्दै किर्नेटार सडक खण्डकाे बैकल्पिक मार्ग खुलाउन बिशेष भुमिका निर्वाह गर्नु भएकाेमा दाेलखा जिल्ला अधिकारी समेत धन्यवाद व्यक्त गरेकाे प्रचारप्रसार विभाग प्रमुख श्रेष्ठले जानकारी गराउनु भयाे ।


 केहिदिन अघिमात्र नेकपा ( एमाले) रामेछापको नेतृत्वमा नेपाल सरकारको भाैतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहाललाई बिशेष ध्यानाकर्षण गराएकाे भेटले सार्थकता पाएकाे समेत श्रेष्ठले जानकारी गराउनु भयाे ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु