आईतवार ४ आश्विन, २०८३ (Sunday September 20, 2026)

गुरूङ र पाेखरेल पनि दाेशी देखिए कार्वाही गर्नुपर्छ :- महामन्त्री थापा।

सोमबार १२ कार्तिक, २०८१ Bichar Batika 1784


गुरूङ र पाेखरेल पनि दाेशी देखिए कार्वाही गर्नुपर्छ :- महामन्त्री थापा।

कार्तिक १२ काठमाडौं, नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगीमा नाम जाेडिएकाे नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङ र नेकपा ( एमाले) का सांसद ऋषिकेश पाेखरेल माथि पनि अनुसन्धान गर्न  आग्रह गर्नु भएकाे छ ।
  राष्ट्र बैंकका कर्मचारीहरू द्वारा आयाेजीत शुभकामना आदानप्रदान कार्यक्रममा मन्तव्य राख्ने क्रममा महामन्त्री थापाले जुन पार्टीको जाे सुकै व्यक्ति भएपनि  छानबिन समितिले सिफारिस गरेकाे व्यक्तिहरू माथि अनुसन्धान गर्नुपर्ने  र अनुसन्धानमा दाेशी देखिय कार्वाही समेत गर्न सरकारलाई आग्रह गर्नुभएकाे छ ।


  महामन्त्री थापाले प्रधानमन्त्री र मन्त्रीहरू लाई बाेल्ने भन्दा पनि काम गरेर देखाउन आग्रह गर्दै ,एमाले ,कांग्रेस ,माओवादी ,रास्वपा ,राप्रपा जुनसुकै पार्टीको हाेस वा अहिले मन्त्री प्रधानमन्त्री भएकाे हाेस कि  भाेलि मन्त्री प्रधानमन्त्री हुने व्यक्तिनै किन नहाेस कानुन भन्दा माथि काेही छैन भन्ने कुरा स्थापित गर्न सरकारले हिम्मत गर्नुपर्ने महामन्त्री थापाले बताउनु भयाे ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु