शुक्रबार ४ बैशाख, २०८३ (Friday April 17, 2026)

प्रमाेदकाे "बेग्लै खुशी "मा आकाश र करूणाकाे प्रेमलिला..!

आईतवार २ मंसिर, २०८१ Bichar Batika 1601


प्रमाेदकाे "बेग्लै खुशी "मा आकाश र करूणाकाे प्रेमलिला..!

मंसिर २ काठमाडौं , गायक प्रमाेद खरेलकाे सुमधुर आवाजमा सजिएकाे "बेग्लै खुशी " बाेलकाे म्युजिक भिडियोमा आकाश श्रेष्ठ र करूणा श्रेष्ठको प्रेमलिला देखाईएकाे छ , भिडियोले विशेष रूपमा प्रेम सम्बन्धमा आउने उतारचढाव र सँगै बिताएका रमाइला क्षणहरूलाई प्रेमकाे गहिराइलाई दर्शाउने गरि  राम्रै सग प्रस्तुत गरिएकाे छ ।


  ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक भएकाे प्रेमिल शैलीकाे गीतमा रवि के अधिकारीकाे शब्दलाई राजेन्द्र वाइवा तामाङले संगीतबद्व गरेकाे छ भने गीतकाे मिक्सिङ र मास्टरिङ महेश्वर मान राजभण्डारीले गरेकाे छ, म्युजिक भिडियोलाई आकर्षक बनाउन मेकअपमा समारा जाेशी र क्यामेरामा दिनेश पराजुलीले साथ दिएकाे छ ।
     निकेश खड्काको उत्कृष्ट निर्देशनमा तयार पारिएको म्युजिक भिडियोकाे निर्माण  चुना थापा र सम्पादन बिकाश धमलाले गरेका छन् , निर्माण टिमले म्युजिक भिडियोले धेरैकाे मन जित्ने अपेक्षा राख्दै सबैले एकचाेटी म्युजिक भिडियो हेरेर कस्ताे लाग्छ प्रतिक्रिया दिन समेत आग्रह गरेकाे छ ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु