सोमबार ५ आश्विन, २०८३ (Monday September 21, 2026)

पूर्व सभामुख ढुङ्गानाकाे अस्पताल लैजादै गर्दा , बाटैमा निधन, अन्त्येष्टि भाेलिमात्रै गरिने ।

आईतवार २ मंसिर, २०८१ Bichar Batika 1640


पूर्व सभामुख ढुङ्गानाकाे अस्पताल लैजादै गर्दा , बाटैमा निधन, अन्त्येष्टि भाेलिमात्रै गरिने ।

मंसिर २ काठमाडौं , पूर्व सभामुख दमननाथ ढुङ्गानाकाे आज दिउसाे अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारको लागि बानेश्वरस्थित फ्रन्टलाइन अस्पताल लैजादै गर्दा बाटैमा निधन भएकाे अस्पतालका चिकित्सकले जनाएकाे थियाे, ढुङ्गाना अस्पतालमा मृत अवस्थामा आइपुगेकाे अस्पतालका निर्देशक डा.याेगेश न्याैपानेले समेत जानकारी गराउनु भयाे ।
  ढुङ्गाना लामाे  समयदेखि कलेजाे र मिर्गौला राेगकाे समस्या बाट पीडित हुनुहुन्थ्यो ,वरिष्ठ अधिवक्ता समेत रहेकाे ८३ वर्षको ढुङ्गाना २०४८ देखि २०५१ सम्म प्रतिनिधि सभाकाे सभामुखको जिम्मेवारी सम्हाल्नु भएकाे थियाे ।
नेपाल बार एशाेसिएशनका अध्यक्ष गाेपालकृष्ण घिमिरेले दिनुभएको जानकारी अनुसार ढुङ्गानाकाे दुई छाेरा मध्य एक छाेरा अमेरिकामा रहेकाे र अमेरिका बाट भाेेलि मात्रै आहिपुग्ने भएकाेले  उहाँको अन्त्येष्टि भाेलि ३ बजेपछि पशुपति आर्यघाटमा गरिने भएकाे छ।
श्रीमती एक छाेरी र दुई छाेरा रहेकाे ढुङ्गानाकाे निधन प्रति राष्ट्रपति रामचन्द्र पाैडेल, प्रधानमन्त्री केपी शर्मा ओली लगायतका विभिन्न पार्टीका नेताहरू दु:ख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु