आईतवार २० बैशाख, २०८३ (Sunday May 03, 2026)

आज काठमाडौंमा एमालेको विशाल जागरण सभा हुँदै ।

शुक्रबार ७ मंसिर, २०८१ Bichar Batika 1773


आज काठमाडौंमा एमालेको विशाल जागरण सभा हुँदै ।

मंसिर  ७ काठमाडौं , सत्तारूढ दल नेकपा एमालेले आज काठमाडौंमा विशाल जागरण सभाका आयाेजना गर्दै आफ्नाे शक्ति प्रदर्शन गर्दै छ ।
 अपरान्ह १२.३० बजे काठमाडौंको दरबारमार्गमा हुन लागेकाे जागरण सभा अधि बिहान ११.०० बजे भद्रकाली बाट र्याली शुरू भएर सुन्धारा ,वीर अस्पताल ,रत्नपार्क  जमल हुँदै दरबारमार्गमा पुग्ने एमालेले जनाएकाे छ, जागरण सभालाई एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी महासचिव शंकर पाेखरेलले सम्बाेधन गर्ने तालिका समेेत एमाले जनाएकाे छ ।


 आफ्नाे पार्टी र नेतृत्वविरूद्व सडक बाट देखाईदिने भन्दै अफवाह फैलाइरहेका हरूलाई जवाफ दिन याे जागरण सभा गरेकाे जागरण सभाका सह संयाेजक तथा एमाले बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश प्रसाद ढुङ्गेल लगायत  एमालेका नेताहरूले बताउदै आउनु भएकाे छ ।


 जागरण सभालाई भव्य रूपमा सफल पार्न एमाले ललितपुर ,भक्तपुर र काठमाडौं  जिल्ला कमिटी सहित उपत्यकाको वरपरका जिल्लाहरू र काठमाडौंमा रहेकाे सबै जिल्ला सम्पर्क मञ्च बाट ठूलाे संख्यामा नेता ,कार्यकर्ता तथा शुभेच्छुकहरूकाे उपस्थिति गराउने एमालेले तयारी गरेकाे छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु