मंगलवार ६ आश्विन, २०८३ (Tuesday September 22, 2026)

एभरेष्ट इन्जिनियरिङ कलेजमा निर्माण सामग्रीको व्यवसायिक परीक्षण सुरू।

बिहीबार ११ पुष, २०८१ Bichar Batika 1792


एभरेष्ट इन्जिनियरिङ कलेजमा निर्माण सामग्रीको व्यवसायिक परीक्षण सुरू।

पुस ११ ललितपुर ,ठूला पूर्वाधार निर्माणहरूमा प्रयोग हुने सिमेन्ट र फलामे डण्डीहरू जस्ता निर्माण सामग्रीहरूको गुणस्तर परीक्षण हुने देशमा केही मात्र प्रयोगशालाहरू भएकोमा अब एभरेष्ट इन्जिनियरिङ कलेज सानेपा ललितपुरले पनि सो सेवा निर्माण व्यवसायीहरूलाई दिन शुरू गरेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागबाट स्वीकृति प्राप्त कलेजको सिभिल प्रयोगशालामा निर्माण सामग्रीहरू गुणस्तरीय छ कि छैन भनी जाँच गर्न आवश्यक सबै सुविधा उपलव्ध भएको हुँदा कलेजका विद्यार्थीहरूलाई पनि बजारमा चाहिने सिप हासिल गर्न सजिलो भएको छ ।


कलेजका विद्यार्थी तथा शिक्षकहरूले आफ्ना शोध कार्यहरूमा ती प्रयोगशालाहरू नियमित प्रयोग गरी राखेकोमा अबदेखि कलेज बाहिरका अनुसन्धानकर्ताहरूलाई समेत एभरेष्ट इन्जिनियरिङ कलेजले ती सुविधाहरू मुनाफारहित ढाँचामा उपलव्ध गराउने भएको हुँदा देशभित्रका इन्जिनियरिङ तथा मेटेरियल साइन्सका अन्वेषकहरूलाई कलेजको प्रयोगशालाले सुलभ सुविधा दिने आँकलन गरिएको छ ।


कलेजको प्रयोगशालामा भएको अत्याधुनिक युनिभर्सल टेस्टिङ मेसिन (युटिएम) प्रयोग गरी नेपालका क–वर्गका निर्माण व्यवसायीहरूले निर्माण सामग्रीहरू परीक्षण गर्न मिल्ने र प्रयोगशालाबाट दिइने गुणस्तरको प्रमाणपत्रलाई सरकारी निकायले समेत मान्यता दिने भएकोले निर्माण व्यवसाय वा मेटेरियल साइन्स विधामा संलग्न सबैले एभरेष्ट इन्जिनियरिङ कलेजको प्रयोगशालाबाट लाभ लिन सक्ने कलेज प्रशासनले जानकारी दिएको छ ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु