आईतवार ४ आश्विन, २०८३ (Sunday September 20, 2026)

निजामतीमा दलीय ट्रेड युनियन हटाउन दुई ठुला दलहरू पनि सहमत ।

शुक्रबार १२ पुष, २०८१ Bichar Batika 1681


निजामतीमा दलीय ट्रेड युनियन हटाउन दुई ठुला दलहरू पनि सहमत ।

पुस १२ काठमाडौं , संघीय निजामती विद्येेयकमा आ-आफ्नाे संस्थागत धारणा राख्दै संसदका दुई ठुला दल नेपाली काँग्रेस र नेकपा एमालेले दलैपिच्छे ट्रेड युनियन हटाउन सहमति गरेकाे बुझिएको छ ।
 यस अघिनै माओवादी केन्द्र  लगायत साना दलहरूले निजामती ट्रेड युनियनमा दलीय ट्रेड युनियन खारेजी गर्नुपर्ने आवाज उठाउदै आएकाे थियाे ,अब सत्तापक्षका दुई दलपनि यस बिषयमा तयार भएपछि ट्रेड युनियनको सवालमा साझा सहमति बनेकाे छ ।
  संघीय निजामती विद्येेयकमा दलहरूकाे धारणा बुझ्न प्रतिनिधि सभाकाे राज्य व्यवस्था तथा सुशासन समितिले दलहरूकाे प्रमुख सचेतक र सचेतकहरूलाई बाेलाएर छलफल चलाएकाे थियाे , उक्त छलफलमा नेपाली काँग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरे , नेकपा एमालेका प्रमुख सचेतक महेश बर्ताैला,माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे , रास्वपाका सचेतक निशा डाँगी , राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाही लगायतले छलफलमा आ-आफ्नो दलकाे तर्फबाट धारणा राखेको थियाे ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु