सोमबार ८ भाद्र, २०८३ (Monday August 24, 2026)

विद्युुत् प्राधिकरणले आज काठमाडौंकाे विभिन्न स्थानमा विद्युुत् कटाैती गर्दै ।

शनिबार २७ पुष, २०८१ Bichar Batika 1650


विद्युुत्  प्राधिकरणले आज काठमाडौंकाे विभिन्न स्थानमा विद्युुत् कटाैती गर्दै ।

पूष २० काठमाडौं ,नेपाल विद्युुत् प्राधिकरणले आज एक सुचना प्रकाशित गरि लाइन मर्मत एवम् विस्तारकाे लागि काठमाडौंकाे विभिन्न स्थानमा विद्युुत् कटाैती हुने जनाएकाे छ ।
  विद्युुत् प्राधिकरणले क्षेत्रपाटी फिडर अन्तर्गत पर्ने क्षेत्रपाटी चाेक, पकनाजाेल, टहिटी चाेक,ज्याठालगायतकाे क्षेत्रमा , टेकु थापाथली फिडर अन्तर्गत पर्ने थापाथली चाेकदेखी नेपाल आँखा अस्पताल ,राहदानी विभाग , दशरथ रंगशाला , ब्लुक्रस अस्पताल लगायतको क्षेत्रमा , त्रिपुरेश्वर फिडर अन्तर्गत पर्ने टेकु सव स्टेसन, पचली भैरव , नेपाल उद्योग वाणिज्य महासंघ ,टेकुचाेक बाट त्रिपुरेश्वर भाटभटेनी अगाडिसम्म, टेकु वंशीमार्ग सुकुम्बासी टाेल सम्म र थापाथली फिडर अन्तर्गत प्रसुतीगृहकाे  पूर्व गेट ,नर्भिक अस्पताल ,थापाथली  पन्चायणी मार्ग ,कुरिया गाउँ , आन्तरिक राजश्वकार्यालय पछाडि सम्म आज दिउसाे १बजे देखि ५ बजे सम्म विद्युुत् लाइन कटाैती हुने सुचनामा उल्लेख गरेकाे छ ।


 विद्युुत् प्राधिकरणले टेकु बिष्णुमति करिडोरमा भुमिगत केवल लाइन मार्फत पुष्पलाल पार्कमा रहेकाे टान्सफरमर टावरमा जडान गरि ओभरहेड लाइन जडानकाे लागि बिद्युुत् कटाैति गर्नु परेकाे जनाउदै  यस कार्यबाट उपभोक्ताहरूमा पर्न गएकाे असुविधा प्रति क्षेमा माग्दै ताेकिएकाे काम निर्धारित समय अगाबै सम्पन्न भएमा सुचनामा उल्लेखित समयसीमा भन्दा अगाडिनै लाइन पुन सञ्चालनमा आउने समेत उल्लेख गरेकाे छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु