मंगलवार ६ आश्विन, २०८३ (Tuesday September 22, 2026)

नाइजेरियामा छायांकन गरिएको एपी शर्माको "भ्यालेन्टाइन" म्युजिक भिडियो सार्वजनिक ।

बुधबार १६ माघ, २०८१ Bichar Batika 1780


नाइजेरियामा छायांकन गरिएको एपी शर्माको  "भ्यालेन्टाइन" म्युजिक भिडियो सार्वजनिक ।

माघ १६ काठमाडौं,एपी शर्माको संगीत र शब्दमा रहेकाे तथा कैसिलाेकाे स्वर र प्रस्तुति रहेकाे नयाँ म्युजिक भिडियाे भ्यालेनटाइन सार्वजनिक भएकाे छ ।  

मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ,गीतको बोल    भ्यालेन्टाइन  प्रेमरोमान्स  गहिरो भावनाको समायोजन हो। यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभईप्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। "फेब्रुअरीको पर्खाइ गर्न सक्दिनमलाई माया गरिदेऊभन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा   व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।  

गीतमा प्रेमवफादारी रोमान्सको भावना झल्किएको छ। नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति   गीतकै भावना अनुसारजीवन्त  कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई    प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।  

म्युजिक भिडियोले उत्कृष्ट छायांकन  निर्देशनमार्फत प्रेम     रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द  धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।  

 गीत "एपी म्युजिकयुट्युब च्यानलमा उपलब्ध जसले छोटो  समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। "भ्यालेन्टाइनगीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा  दिने अपेक्षा गरिएको छ।  

नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा   सकारात्मक संकेत होजसले नेपाली कलाकारितालाई    अन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।भिडियो लिंक: https://youtu.be/gQhVgV4eZ2Q?si=evHrFE8XOEpviyiV




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु