सोमबार ८ भाद्र, २०८३ (Monday August 24, 2026)

शाहकाे मनाेवैज्ञानिक गीत तिम्रै जिन्दगी म्युजिक भिडियो सार्वजनिक ।

शनिबार १९ माघ, २०८१ Bichar Batika 1613


शाहकाे मनाेवैज्ञानिक गीत तिम्रै जिन्दगी म्युजिक भिडियो सार्वजनिक ।

माघ १९ काठमाडौं ,कोही संगीतका पारखी होलान् त कोही गीतका, सबैको मन बुझाउने लक्ष्य लिएर सुन्दर संगीत र गीत रचना समेट्दै वास्तविक गुणयुक्त स्वर भएका उमङ्ग जङ्ग पराक्रम शाह को "तिम्रै जिन्दगी" गीत तथा म्युजिक भिडियो सार्वजनिक भएको छ।

मनोवैज्ञानिक ढङ्गले रचना गरिएको यस गीतमा जीवनको सुन्दरतालाई वर्णन गर्दै यसलाई राम्रो नराम्रो कसरी लिने भन्ने निर्णय चाहिँ जीवन जिउने व्यक्तिकै हुन्छ भन्ने आशय प्रस्तुत गर्न खोजिएको छ। भिडियोको निर्माण भने  लागूऔषध दुर्वेसिनीमा फसेका व्यक्तिहरूमा समेत चेतना वृद्धि गराउने प्रकारको गरिएको छ। रक संगीतको अवस्था खस्कदै गएको बेलामा लामो समयदेखि संगीतको अभ्यास तथा प्रशिक्षण गर्दै आएका शाहको गीतले नयाँ आयाम थपिदिने आशा गरिएको छ ।

म्युजिक भिडियोको डिरेक्सन नेपाली रक संगीत क्षेत्रमा प्रख्यात दिपेश सिंहले गरेका हुन् भने यस गीतमा गितार तथा अन्य बाद्यवादन को रचना तथा एरेन्ज समेत उनैले गरेका हुन्, म्युजिक भिडियोमा मुख्य रोल प्रतिभावान कलाकार असीम रानाभाटले निर्वाह गरेका छन् भने लक्ष्मी परियार, सागर बाबु, सोभन शर्मा, अनुप दर्शनधारी  लगायतका कलाकारहरू अन्य भूमिकामा रहेका छन् ।म्युजिक भिडियोमा असिमले दुर्वेसनीमा फसेका महिलाको भूमिका निर्वाह गरेका छन्।

म्युजिक भिडियोको छायाङ्कन बालकुमार मगरले गरेका हुन् ।जनचेतनामूलक समेत रहेको यस म्युजिक भिडियोको निर्माता भगवती भट्टराई रहेका छन्।माघ १७ गते यस अफिसियल म्युजिक भिडियो हाइलाइट्स नेपाल युट्युब च्यानलमा रिलिज गरिएको हो।


तलको लिङ्कमा गयर भिडियो हेर्न सक्नु हुनेछ ।

https://youtu.be/TbwT5yDunKk?si=Wd-s1A7gH113JUpU

 

 

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु