बिहीबार ७ श्रावण, २०८३ (Thursday July 23, 2026)

बिपिनको शब्द र डेकेन्द्रको संगीतमा 'सुन्दर तिम्रो' म्युजिक भिडियो सार्वजनिक ।

सोमबार २१ माघ, २०८१ Bichar batika 1696


बिपिनको शब्द र डेकेन्द्रको संगीतमा 'सुन्दर तिम्रो'  म्युजिक भिडियो सार्वजनिक ।

 

माघ २१ काठमाडौं , युवा व्यवसायी तथा गीतकार बिपिन श्रेष्ठको  “सुन्दर तिम्रो” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। "डेकेन्द्र प्रडक्शन" युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतमा बिपिन श्रेष्ठको शब्द, डेकेन्द्र श्रेष्ठको  संगीत, र डिकेको सुमधुर स्वर रहेको  छ।



एबिस फिल्म्सको उत्कृष्ट छायाँकन  रहेको भिडियोलाई  अभिष थापाको निर्देशनमा तयार पारिएको हो। भिडियो म्याग्दीको बेनी बजार वरपर छायाँकन गरिएको हो। म्याग्दीको बेनी बजार, प्राकृतिक सुन्दरताका साथै सांस्कृतिक समृद्धिका कारण प्रसिद्ध छ।
 


कालीगण्डकी र म्याग्दी नदीको दोभानमा अवस्थित यो सहर, केवल भौगोलिक सौन्दर्यमा मात्र नभई, कला र संगीतको उर्वरभूमिका रूपमा पनि परिचित छ। भिडियोमा नुपुर कर्माचार्य र रुबिन श्रेष्ठको अभिनय देख्न सकिन्छ, जसले गीतको भावनालाई अझ जीवन्त बनाएको छ। निर्माण टिमले भिडियो हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन् ।

 

भिडियो लिंक: https://youtu.be/qVRy2GggG0g?si=wxynsDCJfks0xOsh

 



यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु