आईतवार ४ आश्विन, २०८३ (Sunday September 20, 2026)

राष्ट्रिय युवा संघ नेपाल खाँडादेविकाे आयाेजनामा पुरूष दाैड प्रतियोगिता ।

बिहीबार २९ फाल्गुन, २०८१ Bichar Batika 1499


राष्ट्रिय युवा संघ नेपाल खाँडादेविकाे आयाेजनामा पुरूष दाैड प्रतियोगिता ।

फागुन २९ रामेछाप , राष्ट्रिय युवा संघ नेपाल खाँडादेवि गाउँपालिका कमिटीको आयाेजनामा खुल्ला पुरूष दाैड प्रतियोगिता सम्पन्न भएकाे छ ।
  युवा संघ नेपाल खाँडादेवि गाउँपालिका कमिटी अध्यक्ष हस्त बहादुर लामाकाे अध्यक्षता तथा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष तथा प्रवक्ता कृष्णहरि केसीकाे प्रमुख आतिथ्यतामा आयाेजना भएकाे खुल्ला पुरूष दाैड प्रतियोगितामा ४२ जना प्रतियाेगि सहभागीहरू मध्य दिप भण्डारी प्रथम, आर्यन माझी द्वितीय र राजाराम भण्डारी तृतीय हुन सफल भएकाे थियाे ।

कार्यक्रममा प्रमुख अतिथि केसी सगै विशेष अतिथिहरूमा नेकपा ( एमाले) का केन्द्रीय सदस्य तथा संगठन विभाग सचिव माधब ढुङ्गेल , नेकपा      ( एमाले) रामेछाप जिल्ला कमिटी सदस्य तथा खाँडादेवि गाउँपालिका उप प्रमुख रमा घिसिङ उपस्थित हुनुभएकाे थियाे भने अतिथिहरूमा युवा संघका केन्द्रीय सदस्य तथा नेकपा ( एमाले) रामेछाप जिल्ला कमिटी सदस्य गणेश बज्र लामा,रामेछाप जिल्ला कमिटी सदस्यहरू तेज घिसिङ , सुकराम घिसिङ ,खाँडादेवि गाउँपालिका कमिटी अध्यक्ष माेतिलाल तामाङ ,युवा संघ रामेछाप जिल्ला कमिटी अध्यक्ष तथा जनप्रतिनिधि सुरेन्द्र बहादुर कार्की , सचिव रामहरि कार्की , काेषाध्यक्ष दिपक भण्डारी , नेकपा ( एमाले) पालिका कमिटी सदस्यहरू सपुुत माेक्तान , धनराज तामाङ युवा संंघ रामेछाप जिल्ला कमिटी सदस्यहरू रमेश बुढाथोकी , ज्ञान बहादुर खड्का , औसत तामाङ ,युवा संघ मन्थली नगर कमिटी अध्यक्ष राेशन श्रेष्ठ लगायतका नेता तथा कार्यकर्ताहरूकाे उपस्थिति रहेकाे राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य गणेश बज्र लामाले विचार वाटिकालाई जानकारी गराउनु भयाे ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु