आईतवार १० चैत्र, २०८१
चैत १० भक्तपुर , नेकपा ( एमाले रामेछाप लिखुतामाकाेसी - काठमाडौं सम्पर्क मञ्च द्वारा आयाेजीत बनभाेज कार्यक्रम चैत ९ गते शनिवार भक्तपुरको घ्याम्पेडाँडामा सफलता पुर्वक सम्पन्न भएकाे छ ।

लिखुतामाकाेसी - काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष रविन तामाङको अध्यक्षता ,सचिव राजु अधिकारीकाे सञ्चालन तथा नेकपा ( एमाले) रामेछाप जिल्ला कमिटी अध्यक्ष पुरूषाेत्तम कडरियाकाे प्रमुख आतिथ्यतामा आयाेजना गरिएकाे कार्यक्रममा रामेछाप जिल्ला कमिटी उपसचिव मखमली श्रेष्ठ लगायत जिल्ला कमिटी सदस्यहरू, नेकपा ( एमाले ) बागमती प्रदेश सम्पर्क कमिटी सदस्य मेनुका बुढाथोकी , रामेछाप - काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष प्रमाेद भण्डारी ( रविन्द्र) लगायत जिल्ला सम्पर्क मञ्चको पदाधिकारी तथा सदस्यहरू, लिखुतामाकोसी गाउँपालिका कमिटी अध्यक्ष के बि पाैडेल लगायत पदाधिकारी तथा सदस्यहरू रामेछाप - काठमाडौं सम्पर्क मञ्च प्रदेश सभा क्षेत्र नं. क काे अध्यक्ष कुमार श्रेष्ठ , रामेछाप नगर कमिटी सचिव माधब ढकाल लगायत सदस्यहरू, राष्ट्रिय युवा संघ नेपाल रामेछाप जिल्ला कमिटी उपाध्यक्ष शिवसागर मगर लगायत सदस्यहरू अनेरास्ववियु रामेछाप जिल्ला कमिटी सचिव युवराज सुनुवार लगायत सदस्यहरू ,रामेछाप नगर - काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष नर बहादुर वि.क. लगायत लिखुतामाकाेसीका धेरै नेता तथा शुभचिन्तकहरू बनभाेज कार्यक्रममा उपस्थिति रहेकाे कार्यक्रमका अध्यक्ष रविन तामाङले विचार वाटिकालाई जानकारी गराउनु भयाे ।

बनभाेज कार्यक्रममा छाेटाे औपचारिक कार्यक्रम सगै नाच्ने गाउने र विभिन्न प्रकारका खेलहरू खेलाएर भरपुर मनाेरञ्जन गराएकाे थियाे ।

तस्बिर :- खिल बहादुर श्रेष्ठ
https://bediva.ru/landshaftnyj-dizajn-zagorodnogo-doma-v-sankt-peterburge-garmoniya-prirody-i-stilya/
https://avto-yar.ru/bytovki-v-arendu-udobnoe-reshenie-dlya-strojki-i-dachi/

Billykal
https://bediva.ru/landshaftnyj-dizajn-zagorodnogo-doma-v-sankt-peterburge-garmoniya-prirody-i-stilya/