मंगलवार ३ चैत्र, २०८२ (Tuesday March 17, 2026)

लिखुतामाकाेसी - काठमाडौं सम्पर्क मञ्च द्वारा प्रकाशित भित्तेपात्राे लाेकार्पण तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

बिहीबार ४ बैशाख, २०८२ डि बि श्रेष्ठ 1811


लिखुतामाकाेसी - काठमाडौं सम्पर्क मञ्च द्वारा प्रकाशित भित्तेपात्राे लाेकार्पण तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

वैषाक ४ काठमाडौं , नेकपा ( एमाले ) रामेछाप लिखुताकाेसी - काठमाडौं सम्पर्क मञ्च द्वारा प्रकाशित नयाँ वर्ष २०८२ सालकाे भित्तेपात्राे लाेकार्पण तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएकाे छ ।

  लिखुतामाकाेसी -काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष रविन तामाङकाे अध्यक्ष ,सचिव राजु अधिकारीकाे सञ्चालन ,बागमती प्रदेश कमिटी सचिवालय सदस्य शान्ति प्रसाद पाैडेलकाे प्रमुख आतिथ्यता तथा बागमती प्रदेश कमिटीकाे पूर्व सदस्य कमल कडरिया, बागमती प्रदेश सम्पर्क कमिटीको सदस्य लक्ष्मी न्याैपाने , रामेछाप - काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष प्रमाेद भण्डारी     ( रविन्द्र) लगायत पदाधिकारी तथा सदस्यहरू नेपाल रेडक्रस साेसाइटी रामेछाप जिल्ला शाखाकाे मन्त्री  दुर्गा बहादुर श्रेष्ठ , मन्थली नगर - काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष अरूण प्रसाद अधिकारी , खाँडादेवी - काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष उद्वव केसी लगायतको आतिथ्यतामा रामेछाप - काठमाडौं सम्पर्क मञ्चको कार्यालयमा कार्यक्रम सम्पन्न भएकाे थियाे ।

  कार्यक्रम प्रमुख अतिथि शान्ति पाैडेल , अतिथिहरू कमल कडरिया, लक्ष्मी न्याैपाने, प्रमाेद भण्डारी ,दुर्गा बहादुर श्रेष्ठ ,अरूण प्रसाद अधिकारी ,उद्वव केसीले लिखुतामाकाेसी - काठमाडौं सम्पर्क मञ्चले अहिलेसम्म उत्कृष्ट कार्यक्रमहरू गरेकाेमा अध्यक्ष लगायत सम्पूर्ण टिमलाई बधाई दिदै , नयाँ वर्षकाे शुभकामना दिनुभयाे  ,अध्यक्ष रविन तामाङले अग्रजहरूकाे सल्लाह सुझाव र कमिटीको कडा मेहनतले लिखुतामाकाेसी - काठमाडौं सम्पर्क मञ्चलाई यहाँ सम्म ल्याउन सफल भएकाे बताउनु हुँदै आउदा दिनहरूमा पनि अग्रजहरूकै सल्लाह सुझाव बमाेजिम अगाडि बढ्ने प्रतिबद्धता गर्नुभयो  ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु