शनिबार ६ बैशाख, २०८२
बैषाक ६ रामेछाप , रामेछाप नगरपालिकाले महिला गृहिणी कार्यक्रम अन्तर्गत रामेछाप नगरपालिका वडा नं. १ गाेठगाउँ र वडा नं. २ देउरालीकाे ४५ जना गृहिणी महिलाहरू लाई सीपमूलक तालिम दिईरहेकाे छ ।

महिला गृहिणी कार्यक्रम अन्तर्गत रामेछाप नगरपालिकाले गाेठगाउँ - गाेठपानीका १५ जना गृहिणी महिलाहरूले मकैकाे खाेस्टा बाट विभिन्न प्रकारको फुलहरू बनाउने र १५ जना गृहिणी महिलाहरू लाई च्याउ र तरकारी खेतीकाे तालिम दिहिरहेकाे छ भने देउरालीकाे १५ जना गृहिणी महिलाहरू लाई पाेते उन्ने र मकैकाे खाेस्टा बाट फुलहरू बनाउने तालिम दिहिरहेकाे गाेठगाउँका जनप्रतिनिधि तथा स्वयंसेवीका शिर कुमारी श्रेष्ठले विचार वाटिकालाई जानकारी गराउनु भयाे ।

गाेठगाउँमा भैरहेको फुल बनाउने र च्याउ तथा तरकारी खेतीकाे तालिम आज रामेछाप नगरपालिकाका उप प्रमुख बाला कुमारी कार्कीको उपस्थितिमा समापन हुन गहिरहेकाे समेत श्रेष्ठले जानकारी गराउनु भयाे ।

तस्बिर :- सिर्जना श्रेष्ठ,