शुक्रबार १८ बैशाख, २०८३ (Friday May 01, 2026)

नृत्य, सङ्गीत, उद्‌घोषण, र चित्रकलाको तालिम एकसाथ सम्पन्न ।

आईतवार ७ बैशाख, २०८२ Bichar Batika 1559


नृत्य, सङ्गीत,  उद्‌घोषण,  र चित्रकलाको तालिम एकसाथ सम्पन्न ।

बैषाक ७ पोखरा, पोखराका चार संस्थाले एकैसाथ प्याकेज तालिम सम्पन्न गरेकाे छ। अनुपम म्युजिक  पोखरा कला केन्द्र, कर्णप्रिय सङ्गीतालय र एभरेस्ट आर्ट नेपालले वार्षिक परीक्षा दिएर बसेका विद्यार्थीहरूका लागि संयुक्त रूपमा सञ्चालन गरेको नृत्य ,सङ्गीत उद्घोषण,र चित्रकलाको प्याकेज तालिम सम्पन्न गरेका हुन् ।

अनुपम म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारीको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रमका प्रमुख अतिथि हिसान गण्डकी प्रदेशका अध्यक्ष डा. रामजी शर्माले प्याकेज तालिमले विद्यार्थीहरूलाई प्रतिभा पहिचान गर्न अवसर प्रदान गर्ने धारणा राखे । तालिमले बालबालिकालाई सामाजिकीकरणमा सघाउने विश्वास व्यक्त गर्दै डा. शर्माले फुर्सदको समय दुरुपयोग हुने सम्भावना टाढिएको बताए।

अतिरिक्त क्रियाकलापमा बच्चाहरूलाई लगाउँदाखेरि पढाइ बिग्रने नभई पढाइमा थप प्रोत्साहन मिल्ने उनको विचार थियो ।

कार्यक्रममा रेडियो नेपाल, प्रादेशिक प्रसारण केन्द्र, पोखराकी प्रमुख शान्ति गुरुङ, र्‍यान्डम रिडर्स सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावी, गुरुङ चलचित्रका नायक ताराबहादुर गुरुङ, फेवा टेलिभिजनकी प्रशासन प्रमुख रोजी श्रेष्ठ, कवि तथा प्रतिभा माविका सहायक प्रअ प्रदीप खनाल, शान्तिनिकेत माविका सहायक प्रअ यदुविलास भुर्तेल, हिमालयन बोर्डिङ स्कुलका अध्यक्ष भोजराज बराललगायतले शुभकामना दिएका थिए ।

सो अवसरमा प्रशिक्षार्थीहरूले तालिमका अवसरमा सिकेका वक्तृता, नृत्य, गायन र चित्रकला प्रस्तुत गरेका थिए । तालिममा अनुपम म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारीले उद्‌घोषण, पोखरा कला केन्द्रका प्रबन्धक राहुल थापा मगरले नृत्य, कर्णप्रिय सङ्गीतालयका प्रबन्धक करण तामाङले  सङ्गीत र एभरेस्ट आर्ट नेपालका प्रबन्धक केशर गुरुङले चित्रकलासम्बन्धी प्रशिक्षण दिएका थिए । लामो समय बिदा भएको बखत चार संस्था मिलेर यस्तै तालिम सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने अनुपम म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारीले जानकारी दिए ।

कर्णप्रिय सङ्गीतालयका करण तामाङले स्वागत गरेका कार्यक्रमको सञ्चालन पोखरा कला केन्द्रका राहुल थापा मगरले गरेका थिए । सोही अवसरमा कर्णप्रिय सङ्गीतालयद्वारा प्रकाशित नयाँ वर्ष २०८२ को भित्तेपात्रो पनि विमोचन गरिएको थियो ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु