सोमबार ५ आश्विन, २०८३ (Monday September 21, 2026)

कार्यक्रम अर्थको अर्थ ३२ औं वर्षमा प्रवेश ।

आईतवार १४ बैशाख, २०८२ Bichar Batika 1637


कार्यक्रम अर्थको अर्थ ३२ औं वर्षमा प्रवेश ।

वैशाख १४ काठमाडौं ,मुलुकको पहिलो साप्ताहिक टेलिभिजन कार्यक्रम “अर्थको अर्थ” कार्यक्रमले हिजाेदेखि ३१ वर्ष पुरा गरी ३२ औं वर्षमा प्रवेश गरेको छ ।
आर्थिक गतिविधिका विभिन्न पाटापक्षलाई केलाउँदै समाचार एवम् विशेष कार्यक्रमको रुपमा निर्माण गरी आइविएन मिडिया एण्ड रिचसर्च प्रा.लि.ले उत्पादन गरिरहेको कार्यक्रम अर्थको अर्थ नेपालको पहिलो टेलिभिजन नेपाल टेलिभिजनमा विगत ३१ बर्ष देखि निरन्तर प्रसारण हुँदै आएको लोकप्रिय कार्यक्रम हो ।
कार्यक्रम अर्थको अर्थले ३२ औं वर्षको यात्रा तय गर्न लागेको  विशेष अवसरमा खुसी व्यक्त गर्दै आइविएन मिडियाले विभिन्न निकायलाई धन्यवाद दिएको छ ।
“तीन दशकभन्दा बढी अनवरत यात्रा तय गर्दै यस अवस्थासम्म आइपुग्न स्थापनाकालदेखि हामीलाई सहयोग गर्ने नेपाल सरकार, नेपाल राष्ट्र बैंक, निजि क्षेत्रका विभिन्न प्रतिनिधिमुलक संस्थाहरु, अर्थशास्त्री र विज्ञापनदाता लगायत आम दर्शकवृन्दप्रति आभार व्यक्त गर्दछौं ।” आइविएनद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
जारी विज्ञप्तिमा भनिएको छ “आगामी दिनमा यस कार्यक्रमको माध्यमबाट मुलुकका युवा उद्यमी एवं पछिल्ला दिनमा सूचना प्रविधिमा आएको परिवर्तन र सातै प्रदेशका आर्थिक सामग्रीहरुलाई अझै परिष्कृत गर्दै अघि बढ्ने संस्थाका प्रवन्ध निर्देशक ह्रदयराज गौतमले बताए । यसैगरी आगामी दिनमा अन्य टेलिभिजनहरुमा समेत कार्यक्रम निर्माण गरी प्रसारण गराउने योजना रहेको बताउँदै प्रवन्ध निर्देशक गौतमले अर्थतन्त्रलाई मजबुत बनाउन अझ शसक्त भएर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।”
आइविएन मिडियाले आगामी दिनमा आर्थिक क्षेत्र अझै विस्तार भई आर्थिक गतिविधिहरु चलायमान हुँदै जाने र आर्थिक क्षेत्रले अझ बृहत्तर प्रगती गर्दै  नयाँ फड्को मार्ने विश्वास समेत व्यक्त गरेको छ । 

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु