शनिबार ५ बैशाख, २०८३ (Saturday April 18, 2026)

सबै मातहतको कमिटीलाई ३२औं मदन आश्रित स्मृति दिवस मनाउन प्रदेश अध्यक्ष ढुङ्गेलकाे निर्देशन ।

बुधबार ३१ बैशाख, २०८२ Bichar Batika 1939


सबै मातहतको कमिटीलाई ३२औं मदन आश्रित स्मृति दिवस मनाउन प्रदेश अध्यक्ष ढुङ्गेलकाे निर्देशन ।

बैशाख ३१ काठमाडौं , नेकपा एमालेका तत्कालीन महासचिव जनताको बहुदलीय जनवादको प्रणेता मदन भण्डारी र तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितकाे ३२ औं मदन आश्रित स्मृति दिवस सिर्जनात्मक कार्यक्रमकाे आयाेजना गरि मनाउन मातहतका सबै जिल्ला कमिटी ,सबै जिल्लाका सम्पर्क मञ्चहरू लाई बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश प्रसाद ढुङ्गेलले निर्देशन दिनुभएको छ ।
    तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितकाे २०५० साल जेठ ३ गते चितवनको दासढुङ्गामा जिप दुर्घटनामा परि निधन भएकाे सम्झनामा अध्यक्ष ढुङ्गेलले मातहतको सबै जिल्ला कमिटी ,सबै जिल्लाका सम्पर्क मञ्चहरू लाई सिर्जनात्मक तथा रचनात्मक कार्यक्रमहरूकाे आयाेजना गरि मदन आश्रित स्मृति दिवस मनाउन एक विज्ञप्ति मार्फत निर्देशन दिएकाे नेकपा एमाले रामेछाप जिल्ला कमिटी सदस्य तथा प्रचारप्रसार विभाग प्रमुख राकेश श्रेष्ठले विचार वाटिकालाई जानकारी गराउनु भयाे ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु