बिहीबार १ जेष्ठ, २०८२
जेठ १ काठमाडौं , कीर्तिपुरमा रहेको कीर्तिपुर सिनेप्लेक्समा बुधबार एक विशेष समारोहबीच भव्य रूपमा सम्पन्न भएको प्रिज्मा डी.सिने अवार्ड १६औं संस्करणमा रेखा फिल्मस् छायाँछवि चलचित्र पत्रकारिता पुरस्कारबाट सञ्चारकर्मी गिता अधिकारीलाई सम्मान गरिएकाे छ ।

समारोहका प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, अतिथिहरू विशिष्ठ कलाकार बसुन्धरा भुसाल, चैत्यदेवी र अन्य अतिथिहरूले अधिकारीलाई विगत दुई दशकदेखि नेपाली चलचित्रका क्षेत्रमा पत्रकारितामार्फत पुर्याएको योगदानको उच्च प्रशंसा गर्दै सम्मान पत्र खादा, माला र दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।
दुई दशकभन्दा लामो समयदेखि चलचित्र पत्रकारिताको माध्यमबाट अधिकारीले पत्रकारिता पेशामा पुर्याउनु भएको योगदान अतुलनीय छ चलचित्र पत्रकारितामा अधिकारीले देखाउनु भएको सक्रियता र निरन्तरता प्रसंशनीय छ , आगामी दिनमा पनि निरन्तर चलचित्र पत्रकारिताको अपेक्षासहित अधिकारीको योगदानको कदर स्वरूप १६औं प्रिज्मा डी.सिने अवार्डका अवसरमा रेखा फिल्मस् छायाँछवि चलचित्र पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको हाे ।

मिलाप फाउण्डेशनकाे अध्यक्षसमेत रहनुभएकाे अधिकारीका एक दर्जन जति गीत श्रोता/दर्शकमाझ आएका छन् भने ‘मैले पढेका ५२ पुस्तक’ र ‘मेरा कलम डोबहरू’ जस्ता कृति पाठकमाझ आएका छन् मिलाप मासिक र अनलाइनका कार्यकारीसमेत रहनुभएकाे अधिकारीका राजधानी र मोफसल दैनिक पत्रपत्रिकाहरूमा समसामायिक विषय, महिला हिंसाका साथै विभिन्न साहित्यिक लेख रचनाहरू प्रकाशित भइरहेका हुन्छन् ।
प्रिज्मा डी.सिने अवार्ड समारोहमा कला क्षेत्रका अन्य विशिष्ठ व्यक्तित्वहरूलाई पनि यस क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै सम्मान एवम् पुरस्कार प्रधान गरिएको थियो ,
विशिष्ट कलाकार, समाजसेवी, सञ्चारकर्मीलगायत व्यक्तित्वको उपस्थिति कार्यक्रममा चलचित्र का विभिन्न २१ विधाका स्रष्टा सर्जकहरूलाइ सम्मान गरिएकाे थियाे ।