शुक्रबार २ जेष्ठ, २०८२
जेष्ठ २ काठमाडौं , आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जवाफ दिने कार्यसूची रहेकाे संसद सचिवालयले जनाएकाे छ ।

प्रतिनिधिसभामा बैशाख ३० गते देखि सुरू भएकाे आर्थिक वर्ष २०८२/८३ काे लागि विनियोजन विधेयककाे सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथिको छलफलमा सांसदहरूले धारणा राख्ने क्रम आज सकिए पछि अर्थमन्त्री पाैडेलले जवाफ दिने कार्यसूची तय भएको समेत संघीय संसद सचिवालयले जनाएकाे छ ।