मंगलवार १६ असार, २०८३ (Tuesday June 30, 2026)

विश्व पौडेल नेपाल राष्ट्र बैंककाे गभर्नरमा नियुक्ति ।

मंगलवार ६ जेष्ठ, २०८२ Bichar Batika 1733


विश्व पौडेल नेपाल राष्ट्र बैंककाे गभर्नरमा नियुक्ति ।

जेष्ठ ६ काठमाडौं, डा.विश्वनाथ पाैडेल ( विश्व )  नेपाल राष्ट्र बैंककाे गभर्नरमा नियुक्ति हुनुभएको छ ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको गभर्नर सिफारिस समितिले आज  अपराह्न डा.विश्वनाथ पौडेल(विश्व ) , नेपाल राष्ट्र बैंककाे कायममुकायम गभर्नर नीलम ढुंगाना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस गरेको आधारमा  आज बसेको मन्त्रिपरिषद्काे बैठकले गभर्नर सिफारिस समितिले पहिलाे नम्बरमा सिफारिस गरेकाे पौडेललाई नेपाल राष्ट्र बैंककाे १८ औं गभर्नरको रूपमा नियुक्त गर्ने निर्णय गरेको थियाे ।
प्रधानमन्त्री तथा नेकपा ( एमाले ) का अध्यक्ष केपी शर्मा ओली र सत्ता साझेदार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा बिच लामाे छलफलपछि  गत चैत २४ गतेदेखि रिक्त रहेको नेपाल राष्ट्र बैंकले डेढ महिना पछि नयाँ गभर्नर नयाँ गभर्नर पाएको हो ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु