मंगलवार १३ जेष्ठ, २०८२
जेष्ठ १३ पाेखरा ,नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको दशाैं महाधिवेशन बाट एक सचिव बाहेक अध्यक्ष लगायत पदाधिकारीमा क्षितिज थेबेकाे प्यानलनै निर्वाचित भएकाे छ।

पोखरा सभागृहमा आज बिहान १० बजे देखि भएको मतदानबाट सुमन पुरीलाई हराउँदै थेबे दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित हुनुभएको थियाे ।

थेवे प्यानलबाटै उपाध्यक्षमा महाराज गुरूङ, विनय शाह , महासचिवमा महेश चाैलागाई , उपमहासचिवमा उपेन्द्र शाही ,सचिवमा निशा लिम्बू , माेविन अख्तर आलम , मदन भण्डारी र सुमन पुरी प्यालन बाट अरूण कुवर निर्वाचित भएकाे छ ।
