आईतवार १८ जेष्ठ, २०८२
जेष्ठ १८ जनकपुर ,प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेश अन्तर्गत भाैतिक पूर्वाधार विकास मन्त्रालयद्वारा जनकपुरधामा आयाेजित विशेष कार्यक्रममा डिजिटल प्रविधिक मार्फत ६४ वटा सडक याेजनाकाे एकैपटक शिलान्यास गर्नुभएकाे छ।

भौतिक पूर्वाधार मन्त्रालयका अनुसार अब मधेस प्रदेशअन्तर्गत आठ जिल्लाका ६४ वटा प्रादेशिक निर्वाचन क्षेत्रमा पाँच किलोमिटरका दरले ३२० किलोमिटर लम्बाइको पक्की सडक निर्माण कालोपत्रसहितको पक्की सडक तीन बर्ष भित्र निर्माण सम्पन्न गरिसक्ने र साे याेजनाकाे लागि कूल रु १२ अर्ब ७० करोड खर्च लाग्ने मधेस प्रदेश सरकारले जनाएको छ ।
स्रोत सुनिश्चित भई पूर्वाधार कार्यालयमार्फत ठेक्का प्रक्रिया सम्पन्न भइसकेको र अब शिलान्यासपछि सडक निर्माणको कामले तीव्र गति लिनेछ यसअघि पहिलो चरणमा अगाडि बढाइएका ३२० किलोमिटर सडक योजनामध्ये २०० किलोमिटरभन्दा बढी सडक निर्माण सम्पन्न भइसकेको छ, बाँकी भागको सडक निर्माणकाे काम तीव्र रूपमा अगाडि बढ्ने मधेस प्रदेश सरकारका भाैतिक पूर्वाधार विकास मन्त्री सराेज कुमार यादवले बताउनु भयाे ।
मन्त्री यादवले सडक सगै प्रदेशका ६४ वटै निर्वाचन क्षेत्रमा एक–एक वटा पक्की पुलकाे निर्माणका लागि समेत प्रक्रिया सुरु भइसकेको बताउनु हुँदै , जलवायु परिवर्तनको प्रभावलाई न्यून गर्दै पूर्वाधार निर्माणमा वातावरणमैत्री प्रविधि र उपायको प्रयोग गरिने र शिलान्यास भएकाे सडकङ योजनाले मधेस प्रदेशमा सडक पहुँच अभावमा रहेका गाउँलाई यातायात सञ्जालमा जाेडने व्यापार–व्यवसाय प्रवन्धन गर्ने याेजना रहेकाे समेत मन्त्री यादवले बताउनु भयाे ।