सोमबार ५ आश्विन, २०८३ (Monday September 21, 2026)

भारत बाट नेपाल फर्किएका शङ्कास्पद छतिस जनाकाे स्वास्थ्य परिक्षण गर्दा तीन जनमा काेराेना पुष्टि ।

बुधबार २१ जेष्ठ, २०८२ Bichar Batika 1615


भारत बाट नेपाल फर्किएका शङ्कास्पद छतिस जनाकाे स्वास्थ्य परिक्षण गर्दा तीन जनमा काेराेना पुष्टि ।

जेष्ठ २१ काठमाडौं , भारतकाे विभिन्न शहरबाट गाैरीफान्ट नाका हुँदै नेपाल फर्किरहेकाे शङ्कास्पद ३६ जना नेपालीहरूकाे स्वास्थ्य परीक्षण गर्दा तीन जनामा काेेराेेना संक्रमण भएकाे पुष्टि भएकाे छ ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका महामारी सम्पर्क व्यक्ति हेमराज जाेशीका अनुसार काेराेना सङ्क्रमण हुनेहरूमा कञ्चनपुरको पुनर्वासका २० वर्षका युवक, अछामको ढकारीका ३२ वर्षीय युवक र कैलालीको धनगढीकी २४ वर्षीया महिला रहेकाे र
कोभिड पुष्टि भएका सबैलाई होम आइसोलेसन बस्न लगाएकाे छ ।

निर्देशनालयका महामारी सम्पर्क व्यक्ति जोशीका अनुसार काेराेना संक्रमण पुष्टि  भएकाे  तिनैजनाकाे स्याम्पल परीक्षणका लागि केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौँ पठाइएको छ, काठमाडौँमा पिसीआर परीक्षणपछि उनीहरूमा कोभिडको कुन भेरियन्ट रहेछ भन्ने पत्ता लाग्छ ।”
भारत तथा अन्य छिमेकी राष्ट्रहरूमा कोभिड–१९ को संक्रमण देखा परिरहेकाले नेपालमा पनि यसको संक्रमण र महामारी निम्तन सक्ने भएकोले सुदूरपश्चिमका सबै सीमानाकामा सतर्कता अपनाइएको समेत जाेशीले जानकारी गराउनु भयाे ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु