बिहीबार १० बैशाख, २०८३ (Thursday April 23, 2026)

कीर्तिपुरस्थित निर्माणाधीन क्रिकेट म‌दानकाे प्रधानमन्त्री ओली द्वारा निरीक्षण ।

आईतवार २५ जेष्ठ, २०८२ Bichar Batika 1640


कीर्तिपुरस्थित निर्माणाधीन क्रिकेट म‌दानकाे  प्रधानमन्त्री ओली द्वारा निरीक्षण ।

जेष्ठ २५  काठमाडौँ  , प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित निर्माणाधीन  क्रिकेट मैदानकाे प्रधानमन्त्री केपी शर्मा ओलीले स्थलगत निरीक्षण गर्नुभएको छ । 
   निर्माणाधीन क्रिकेट  मैदानमा अहिले अन्तर्राष्ट्रियस्तरको प्यारापेट र फ्लडलाइट जडान कार्य भैरहेको छ, प्रधानमन्त्री ओलीले कार्यभार सम्हालेपछि गत असार ३१ गते पहिलो निर्णयका रुपमा तीन सय दिनभित्र उक्त क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको प्यारापेट र फ्लडलाइट जडान गर्ने घोषणा गरी निर्माण कार्यलाई  उच्च प्राथमिकता दिँदै आउनुुभएको छ 

प्रधानमन्त्री ओलीलाई उपप्रधान तथा शहरी विकास मन्त्री प्रकामान  सिंह शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, उक्त निर्माण कार्यको कार्यान्वयन निकाय संघीय सचिवालय तथा व्यवस्थापन कार्यालयका प्रमुख चक्रवर्ती कंठससिहत सम्लग्न निर्माण व्यवसायीले हालसम्मको कार्य प्रगतिबारे जानकारी गराउनु भएकाे थियो ।
प्रधानमन्त्री ओलीले गत वैशाख २२ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा डाकेर सम्बन्धित अधिकारी र व्यवसायीसँग कार्यप्रगतिबारे छलफल गरी आगामी दुुई महिनाभित्र काम सक्न निर्देशन दिनुुभएको थियो । प्यारापिट र फ्लडलाइट जडान कार्यका लागि फरक फरक ठेकेदार कम्पनीसँग क्रमशः गत पुस १९ र २२ गते सम्झौता भएको थियो ।

 तस्बिरमा :- सामाजिक सञ्चालन  बाट,




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु