सोमबार ५ आश्विन, २०८३ (Monday September 21, 2026)

बाचा बन्धन’ टेली सिरियल को ट्रेलर सार्वजनिक, भिडियो सहित ।

मंगलवार २७ जेष्ठ, २०८२ Bichar Batika 1347


बाचा बन्धन’ टेली सिरियल को ट्रेलर सार्वजनिक, भिडियो सहित ।

जेष्ठ २७ काठमाडौं , ३० वर्ष पहिले र अहिले दुई पुस्ता बीचको रोचक ऐतिहासिक प्रेम कथामा बनेको टेली सिरियल ‘वाचा बन्धन’को ट्रेलर रिलिज सार्वजनिक भएकाे छ  । 

नियतिको बन्दि बनेको अमर अजर प्रेम ट्रेलरमा देख्न सकिन्छ ,ओएसआर डिलिटलमार्फत सार्वजनिक गरिएको ट्रेलरमा सकम्वरी नामले चिनिएकी मोडल कुशुम शर्मा, सरिता ढुङ्गाना, प्रशान्त बुढाथोकी, हेमराज घर्ती, विशाल पहाडी, रश्मि भट्ट सुभाष गजुरेल लगायतका कलाकारलाई देख्न सकिन्छ ।

कमल बुढाथोकी को प्रस्तुति रहेको यो टेलिसिरियललाई दीपा बुढाथोकी, कमल बुढाथोकी मिलेर निर्माण गरिएको हाे ,यज्ञजंग विक (आयुष)को लेखन निर्देशन रहेको यस टेली सिरियलमा हेमराज घर्ती कार्यकारी निर्माता रहेकाे  छ भने  शिव विकको छायाकंन, उमेश थापा मगरको दृश्य सम्पादन, प्रविण ढकालको कलर, रतिश भारतीको भिएफएक्स, नेत्र विष्टको निर्माण नियन्त्रण, सविन गायकको पोष्टर, आकाश मगरको गीत संगीत एरेन्ज, मुभि प्वाईन्टको पोष्ट प्रोडक्सन अनि लोकप्रिय गायक रामचन्द्र काफ्लेको गायन रहेको छ ।

यो टेलिसिरियल यही जेठ ३१ गते शनिबार ७ बजे ओएसआर डिजिटल युट्युवमार्फत पहिलो भाग सार्वजनिक हुने र प्रत्येक शनिबार साँझ ७ बजे नै दर्शहरूले ‘वाचा वन्धन’ हेर्न सक्ने निर्माणपक्षले जनाएको छ । वनिरहेका अन्य टेलिसियल भन्दा उत्कृष्ट र फरक रहेको दावी गरिएको यो सिरियलमा अन्य कलाकारहरूमा प्रेमदेव गिरि, सविन वास्तोला, प्रिया रिजाल, आयुष विसी, यादव गिरि, प्रशान्त मगरलगायत दुई दर्जन नयाँ पुराना कलाकारहरू रहेका छन् । ललितपुरको छम्पि र रुकुम पूर्वीभागको लुगुम नरीबाङको रमणिय दृश्यहरूमा यो टेलिसिरियल छायाकंन गरियको छ ।
               भिडियो ..

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु