बिहीबार १७ बैशाख, २०८३ (Thursday April 30, 2026)

रामेछाप - काठमाडौं सम्पर्क मञ्च द्वारा आयाेजीत एक महिने माेबाईल मर्मत तालिमको उद्घाटन ।

शनिबार ३१ जेष्ठ, २०८२ डि बि श्रेष्ठ , 2019


रामेछाप - काठमाडौं सम्पर्क मञ्च द्वारा आयाेजीत एक महिने माेबाईल मर्मत तालिमको उद्घाटन ।

जेष्ठ ३१ काठमाडौं , नेकपा ( एमाले ) रामेछाप - काठमाडौं सम्पर्क मञ्च द्वारा आयाेजीत एक महिने माेबाईल मर्मत तालिमकाे आज बाट उद्घाटन भएकाे छ ।

रामेछाप - काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष प्रमाेद भण्डारी ( रविन्द्र) काे अध्यक्षता,सचिव निराजन तिमिल्सिनाकाे सञ्चालन तथा सम्पर्क समन्वय कमिटी संयाेजक श्याम कुमार बस्नेत लगायत सम्पर्क समन्वय कमिटीको सदस्यहरू, बागमती प्रदेश कमिटीको सचिवालय सदस्य शान्ति प्रसाद पाैडेल, बागमती प्रदेश सम्पर्क कमिटीको अध्यक्ष अशाेक कुमार ठकुरी लगायत पदाधिकारी तथा सदस्यहरू ,रामेछाप जिल्ला कमिटी सचिव प्रकाश कुमार कार्की लगायत जिल्ला कमिटी सदस्यहरूकाे आतिथ्यतामा प्रमुख अतिथि नेकपा ( एमाले ) केन्द्रीय कमिटी सदस्य तथा बागमती प्रदेश सम्पर्क कमिटी इन्चार्ज सरस्वती बस्नेतले माेबाईल मर्मत गर्न प्रयाेग हुने आईरन/ हर्कन चलाएर उद्घाटन गर्नु भएकाे थियाे ।

   माेबाईल मर्मत तालिममा रामेछाप - काठमाडौं सम्पर्क मञ्च मातहतका दुई क्षेत्रीय सम्पर्क मञ्च र आठ पालिका सम्पर्क मञ्च बाट तीन / तीन जना गरि तीस जनकाे काेटा निर्धारित गरिएकाे र साेहि बमोजिम प्रशिक्षार्थीहरूकाे नाम सिफारिस भएता पनि आज भने आठै पालिका बाट २१जना प्रशिक्षार्थीहरू मात्रै सहभागी भएकाे  बाकी प्रशिक्षार्थीहरू भाेलि देखि सहभागीहुने फाेन मार्फत जानकारी आएकाे  रामेछाप - काठमाडौं सम्पर्क मञ्चको काेषाध्यक्ष नवराज पाण्डेले विचार वाटिकालाई जानकारी गराउनु भयाे ।

  माेबाईल मर्मत कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरू लाई रामेछाप - काठमाडौं सम्पर्क मञ्चको उपसचिव तथा माेबाईल मर्मत कार्यक्रमका संयाेजक रमेश खड्का र शक्ति पाण्डे ( मेघराज ) ले सम्पर्क मञ्चको कार्यालय काेटेश्वरमा बिहान ७.०० बजे देखि ८.०० बजे सम्म दिनकाे एक घण्टा एक महिना प्रशिक्षण  दिने र एक महिना सम्म नियमित उपस्थितभै मनलगाएर सिक्ने उत्कृष्ट प्रशिक्षार्थीहरूले सहजै राेजगार पाउने  तथा पसल खाेल्न दुई चार लाख लगानी गर्नेेहाे भने नेपालमै पनि खर्च कटाएर मासिक पचास हजार कमाउन सक्ने अहिलेकाे अवस्था रहेकाे कार्यक्रमका संयाेजक खड्काले बताउनु भयाे ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु