शनिबार ७ असार, २०८२
असार ७ काठमाडौं , खानेपानीमन्त्री प्रदीप यादवले यस पटक सरकारले प्रस्तुत गरेकाे बजेट सबै वर्ग ,क्षेत्र र समुदायलाई समेट्नेगरी आएकाे बताउनु भयाे ।
जनता समाजवादी पार्टीको प्रथम संघीय परिषद् बैठकलाई सम्बोधन गर्नु हुँदै मन्त्री यादवले यस्ताे बताउनु भएकाे थियाे ,मन्त्री यादवले बजेट मन्त्री मुखी र क्षेत्रमुखी बनायो भन्ने केहीले हल्ला चलाएका छन् त्यो गलत हो, यस पटकको बजेट जनमुखी, समावेशी र विकासमुखी छ ,वर्तमान सरकारको प्राथमिकता ग्रामीण तथा दुर्गम क्षेत्रमा आधारभूत सेवा पुर्याउने रहेको बताउँदै, मन्त्री यादवले खानेपानी, सिचाँई, स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासमा बजेटले विशेष ध्यान दिएको जानकारी दिनुभयो ।

मन्त्री यादवले यस पटकको बजेट मन्त्री मुखी भयो भन्नु गलत हो । रातो किताब हेर्नु होला मैले मेरो निर्वाचन क्षेत्रमा बजेट नै हालेको छैन । म चुनौती दिन्छु, सबैलाई एकै तराजुमा जोख्नु हुँदैन । जहाँ आवश्यकता छ त्यहाँ बजेट हालेका छौँ ।”मन्त्री यादवले बजेटले मुलुकको आर्थिक सुधार, रोजगारी सृजना,सामाजिक न्याय र समतामूलक समाज निर्माणमा सकारात्मक प्रभाव पार्ने आशा व्यक्त गर्दै सबैले सकारात्मक सहयोग गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।