शनिबार ५ बैशाख, २०८३ (Saturday April 18, 2026)

रामेछापबाट काठमाडौं आउदै गरेको बस दुर्घटना हुदा २३ जना घाईते ।

शनिबार ३ श्रावण, २०८२ Bichar Batika 1604


रामेछापबाट काठमाडौं आउदै  गरेको बस दुर्घटना हुदा २३ जना घाईते ।

असार ३ काठमाडौं  , रामेछापबाट काठमाडौं आउदै गरेको बा ३ ख ८४०८ नम्बरको यात्रुबाहक बस ब्रेक फेल भएर दुर्घटना हुदा २३ जना घाईते भएकाे छ। 

काभ्रेपलान्चोककाे  भुम्लु गाउँपालिका ८ पौवास्थित भित्री सडक खण्डमा दुर्घटना भएकाे थियाे र घाईतेको धुलिखेल अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय, काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) मीन बहादुर घलेले जानकारी गराउनु भयाे ।
डिएसपी घलेकाे अनुसार बस सडकको भित्तामा ठोक्किएर दुर्घटना हुँदा बसमा सवार ३२ जना यात्रुमध्ये २३ जना घाईते भएका छ ।
बस घटनास्थलमै रहेको र चालकलाई प्रहरी चौकी दोलालघाटले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको काभ्रे प्रहरीले जनाएको छ । 
प्रहरीको अनुसार घाइतेहरू  काभ्रेपलान्चोक र रामेछापका रहेका छन् । काभ्रेपलान्चोकका १२, रामेछापका १० र गोरखाका एक जना गरि जम्मा २३ जना घाइतेहरूकाे  धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु