शनिबार ३० श्रावण, २०८३ (Saturday August 15, 2026)

फेसबुक लगायत सामाजिक सञ्चालनलाई सात दिन भित्र नेपालमा दर्ता हुन अन्तिम अल्टिमेटम ।

बिहीबार १२ भाद्र, २०८२ Bichar Batika 1736


फेसबुक लगायत सामाजिक सञ्चालनलाई सात दिन भित्र नेपालमा दर्ता हुन अन्तिम अल्टिमेटम ।

भदौ  १२ काठमाडौं , नेपाल सरकारले फेसबुक  लगायत  सामाजिक सञ्जाल  सञ्चालकहरूलाई नेपालमा दर्ता हुन ७ दिने अन्तिम अल्टिमेटम दिएको छ।
गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तोकिएको समयभित्र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत नहुने सामाजिक सञ्जाललाई नेपालभित्र क्रमशः बन्द गर्दै जाने निर्णय गरेकाे थियाे ।
‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका २०८०तथा सर्वोच्च अदालतको आदेशबमोजिम सञ्चालकहरूलाई जिम्मेवार तथा जवाफदेही बनाउन यो निर्णय लिइएको नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले बताउनु भयाे  ।
तोकिएको अवधिमा दर्ता प्रक्रियामा नआउने वा सम्पर्क नगर्ने प्लेटफर्महरूलाई नेपाल दूरसञ्चार प्राधिकरणमार्फत बन्द गर्न निर्देशन दिइनेछ।
यद्यपि दर्ता प्रक्रियामा आएलगत्तै नेपाल सरकारले बन्द गरिएका सञ्जालहरूलाई पुनः सञ्चालनमा ल्याइने समेत मन्त्रिपरिषद्ले निर्णय गरेकाे मन्त्री गुरूङले जानकारी गराउनु भयाे ।
     मन्त्रिपरिषद्का थप निर्णयहरू :

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु