शुक्रबार १३ भाद्र, २०८२
भदाै १३ काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओलीले आज बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने कार्यतालिका तय भएकाे संसद सचिवालयले जनाएको छ ।
शनिबार चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री ओलीले भ्रमणका बारेमा सदनमा जानकारी गराउनकाे लागि आज दिउसाे बस्न लागेकाे प्रतिनिधिसभाकाे बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेकाे
प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ ।
प्रधानमन्त्री ओलीले बालुवाटारमा पार्टीका नेताहरूसँग राष्ट्रिय सहमति जुटाएर लिपुलेक मामिलामा भारत र चीनसँग प्रष्ट कुरा राख्ने बताएका छन् ।
प्रधानमन्त्री ओलीले संसद्को समेत विश्वास लिएर लिपुलेक मामिलामा चिनियाँ राष्ट्रपति सी जिन पिङ र भारतीय मोदीसँग प्रस्ट कुरा राख्ने प्रधानमन्त्रीकाे सचिवालयले जनाएको छ ।