बुधबार १० भाद्र, २०८३ (Wednesday August 26, 2026)

निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य भन्ने मुल नारासहित एमालेको दाेस्राे विधान महाधिवेशन आजबाट शुरू ।

शुक्रबार २० भाद्र, २०८२ Bichar Batika 1524


निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य भन्ने मुल नारासहित एमालेको दाेस्राे विधान महाधिवेशन आजबाट शुरू ।

भदौ  २० ललितपुर ,निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य भन्ने मुल नारासहित नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाविधेशन आजबाट गोदावरीस्थित सनराइज हलमा सुरु भएको छ ।
आज पहिलाे दिन विधान महाधिवेशनमा        प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, पार्टीका उपाध्यक्ष एवम् उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव, महासचिव पोखरेलले सङ्गठनात्मक प्रतिवेदन र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले प्रतिवेदन प्रस्तुत गरेकाे
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।
दाेस्राे दिन भाेली बिहान केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष केशव वडाल, केन्द्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष डा पुष्प कँडेल र केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा विजय सुब्बाले प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ प्रचारप्रसार विभाग प्रमुख गाैतमले जानकारी गराउनु भयाे ।
विधान महाधिवेशनको समसामियक प्रस्ताव लेखन संयोजकको जिम्मेवारी योगेश भटटराईलाई दिइएको र देशभरि बाट विधान महाधिवेशनमा  दुई हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना थप गरी कूल दुई हजार ३४१ जनाको सहभागिता रहेको  प्रचारप्रसार विभाग प्रमुख गाैतमले जानकारी गराउनु भयाे ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु