शनिबार २१ भाद्र, २०८२
भदौ २१ काठमाडौं , गाेठगाउँ सराेकार समाज द्वारा आयाेजीत खुल्ला रक्तदान कार्यक्रम का.म.न.पा. ४ धुम्बाराही शंखपार्कमा सफलता पूर्वक सम्पन्नभएकाे छ ।


कान्तिपुर अस्पताल रक्त सञ्चार सेवाकाे प्रविधिक सहयाेग तथा ब्लड डाेनर्स एसाेसिएशन नेपाल (ब्लाेदान) पूर्वि भेगीय क्षेत्र काेटेश्वरकाे सहकार्यमा गाेठगाउँ सराेकार समाज द्वारा आयाेजीत खुल्ला रक्तदान कार्यक्रममा ब्लाेदानका केन्द्रीय सदस्य जनक कुमार खड्का , रक्त अभियानता लक्ष्मण जाेसी , ११३ औं पटक रक्तदान गरि कृतिमान राख्न सफल रक्तदाता विरेन्द्रमान श्रेष्ठ , विचार वाटिका मिडिया प्रा.लि. का अध्यक्ष दिल बहादुर श्रेष्ठ लगायत सञ्चालक सदस्यहरू ब्लाेदान काठमाडौं जिल्ला अध्यक्ष तिलकबहादुर अधिकारी , सदस्य सीता न्याैपाने , ब्लाेदान पूर्वि भेगीय क्षेत्रका अध्यक्ष रवि रिमाल लगायत सदस्यहरू , गाेठगाउँ सराेकार समाजको पदाधिकारीहरू ,सल्लाहकार सदस्यहरू ,आजीवन सदस्य लगायत शुभचिन्तकहरूकाे उपस्थिति रहेकाे थियाे ।


रक्तदान कार्यक्रमलाई सफल पार्न खिल बहादुर श्रेष्ठ , दिलिप श्रेष्ठ , नीर बहादुर श्रेष्ठ , संजय कुमार थापा , मीन बहादुर श्रेष्ठ ( बिष्णु), कुमार श्रेष्ठ ,यसाेदा श्रेष्ठ , गुन्ज श्रेष्ठ , बद्री प्रसाद सापकोटा , प्रविन श्रेष्ठ , दुर्गा नारायण श्रेष्ठ , इन्द्र कुमार श्रेष्ठले आर्थिक सहयाेग गर्नु भएकाे कार्यक्रमकाे संयाेजक खिल बहादुर श्रेष्ठले विचार वाटिकालाई जानकारी गराउनु भयाे ।


कार्यक्रममा सराेकार समाजकाे अध्यक्ष संंजय कुमार थापाले कार्यक्रममा उपस्थितिभै आफ्नाे अमुल्य रगत दान गर्नुहुने सम्पूर्ण रक्तदाताहरू , प्रविधिक सहयाेग ,आर्थिक सहयाेग लगायत रक्तदान कार्यक्रम सफल पार्न विभिन्न माध्यमबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयाेग पुर्याउनु हुने सम्पूर्ण सहयाेग दाताहरू लाई धन्यवाद व्यक्त गर्नु भएकाे थियाे ।
तस्बिर :- खिल बहादुर श्रेष्ठ ,