बुधबार १० असार, २०८३ (Wednesday June 24, 2026)

आन्तरिक पर्यटकहरूकाे लागि सशस्त्र प्रहरी बलद्वारा मुक्तिनाथमा स्वास्थ्य शिविर सञ्चालन ।

बुधबार १२ कार्तिक, २०८२ Bichar Batika 1586


आन्तरिक पर्यटकहरूकाे लागि सशस्त्र प्रहरी बलद्वारा मुक्तिनाथमा स्वास्थ्य शिविर सञ्चालन ।

कार्तिक १२ काठमाडौं, आन्तरिक पर्यटकहरूकाे लागि सशस्त्र प्रहरी बलद्वारा मुक्तिनाथमा स्वास्थ्य शिविर सञ्चालन तथा औषधि वितरण गरेको छ ।
मुक्तिनाथ क्षेत्रमा हिमपात भएर  एक्कासि चिसाे बढेका कारण धैरै पर्यटकहरूमा टाउको दुख्ने, वाकवाकी लाग्ने तथा श्वासप्रश्वासमा समस्या देखिए पछि सशस्त्र प्रहरी बलले बुधबार बिहानदेखि मुक्तिनाथ मन्दिरको दर्शन गर्न आउने आन्तरिक पर्यटकहरूको अक्सिजन लेभल र रक्तचाप परीक्षण गर्नुका साथै आवश्यक औषधि वितरण समेत गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनु भयाे ।
सशस्त्र प्रहरी बल, नेपाल ३३ नम्बर  गुल्म मुस्ताङले बुधबार बिहान ९० महिला र ६० पुरुष गरी १५० जनाको अक्सिजन लेभल चेक गर्नुकाे साथै  ६० महिला र ४० पुरुष गरी सयजनाको रक्तचाप परिक्षण गरिएको डिएसपी थापाले जानकारी गराउनु भयाे ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु