मंगलवार २२ पुष, २०८२
पुष २२ काठमाडौं , पार्टी कार्यालय च्यासलमा आज बसेको नेकपा (एमाले)काे दाेस्राे सचिवालय बैठकले अन्य दलसंग छलफल गरी राष्ट्रियसभामा उम्मेदवारको टुंगाे लगनउने जिम्मेवारी पार्टी अध्यक्ष कपी शर्मा ओलीलाई दिएकाे छ ।
राष्ट्रियसभा निर्वाचनका लागि नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी र जसपा नेपालसँग तालमेल गर्ने बारेमा समेत छलफल भैरहेको र चुनावी तालमेल गर्दा पार्टीले ७ सीट दाबी गरेको नेताहरूले बताउनु भयाे।
हरेक प्रदेशमा एकजना पर्ने पार्टी अध्यक्षले उम्मेदवारको टुङ्गो लगाउने र अन्ने दलहरू शीत राष्ट्रियसभामा मिलेर जाने भन्नेबारे सहमति भएपनि प्रतिनिधि सभाबारे अहिलेसम्म कुनै छलफल नभएको बैठकमा सहभागी नेताहरूले बताउनु भयाे ।
सचिवालय बैठकले अध्यक्ष ओलीको संयोजकत्वमा आम निर्वाचन घोषणा पत्र मस्यौदा समिति, उपाध्यक्ष रामबहादुर थापा बादलको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन पार्टीका पदाधिकारी र केन्द्रीय कमिटीका सवै सदस्यहरुलाई निर्वाचन केन्द्रीत कार्यबिभाजन गर्नुकाे साथै सात प्रदेशको संयाेजक समेत सचिवालय बैठकले ताेकेकाे छ।
संयाेजककाे जिम्मेवारी तोकिएका नेता र क्षेत्र निम्न बमाेजीम रहेकाे छ ।
कोसी प्रदेश – शेरधन राई
मधेस प्रदेश – लीलानाथ श्रेष्ठ
वाग्मती प्रदेश – महेश बस्नेत
राजाधानी प्रदेश – डा. राजन भट्टराई
गण्डकी प्रदेश – खगराज अधिकारी
कर्णाली प्रदेश – यमलाल कँडेल
सुदूरपश्चिम प्रदेश – गणेश ठगुन्ना