आईतवार २० बैशाख, २०८३ (Sunday May 03, 2026)

नेकपा ( एमाले) काे दाेस्राे केन्द्रीय कमिटीकाे बैठकमा मुख्य पाँच एजेन्डा माथि छलफल हुने ।

शनिबार २६ पुष, २०८२ Bichar Batika 1346


नेकपा ( एमाले) काे दाेस्राे केन्द्रीय कमिटीकाे बैठकमा मुख्य पाँच एजेन्डा माथि छलफल हुने ।

पुष २६ काठमाडौं , नेकपा ( एमाले ) काे एघारौं राष्ट्रिय महाधिवेशन बाट निर्वाचित केन्द्रीय कमिटीको दाेस्राे बैठक आज देखि पुष २८ गते सम्म तीन दिन बस्ने कार्यतालिका तय भएकाे छ, बैठकमा मुख्य निम्न बमोजिमको पाँच एजेन्डा माथि छलफल हुने नेताहरू बताएको छ।
मुख्य एजेन्डाहरू:
१. निर्वाचन रणनीति र परिचालन: पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा गठित 'निर्वाचन परिचालन समिति' को कार्ययोजना र अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने 'निर्वाचन घोषणापत्र' को मस्यौदाबारे विस्तृत छलफल हुनेछ।
२. केन्द्रीय सल्लाहकार परिषद् गठन: चुनाव हारेका, पाका र कार्यकारी भूमिकाबाट बिदा भएका नेताहरूलाई समेटेर शक्तिशाली केन्द्रीय सल्लाहकार परिषद् गठन गर्ने , यसले पुराना र अनुभवी नेताहरूलाई पार्टीको काममा सक्रिय राख्ने लक्ष्य लिएको छ।
३. साङ्गठनिक संरचना (पोलिटब्युरो र स्थायी कमिटी): महाधिवेशनले ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित भए पनि स्थायी कमिटी र पोलिटब्युरो गठन गर्न बाँकी छ, यस बैठकले ती महत्त्वपूर्ण कमिटीहरूलाई पूर्णता दिने बारे छलफल हुनेछ ।
४. कार्यविभाजन र मनोनयन:  सचिवालय बैठकले  यसअघि नै प्रदेश र जिल्ला संयोजनको जिम्मेवारी टुङ्ग्याइसकेको छ,सो कार्यविभाजनलाई केन्द्रीय कमिटीले अनुमोदन गर्नेछ। साथै, विधानअनुसार रिक्त रहेका पदहरूमा मनोनयन समेत गर्ने बारे छलफल हुने ।
५. जेन-जी आन्दोलन र राजनीतिक समीक्षा: भदौको 'जेन-जी' आन्दोलनपछिको राजनीतिक परिस्थिति र एमालेले आगामी चुनावमा नयाँ पुस्तालाई कसरी समेट्ने भन्ने विषयमा पनि गम्भीर छलफल हुने बताइएको छ ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु