मंगलवार १६ असार, २०८३ (Tuesday June 30, 2026)

काँग्रेस बिभाजन हुने खतरा माेडमा, राती अबेरसम्म भएकाे सहमतिको प्रयास निष्कर्ष विहीन ।

बुधबार ३० पुष, २०८२ Bichar Batika 1281


काँग्रेस बिभाजन हुने खतरा माेडमा, राती अबेरसम्म भएकाे सहमतिको प्रयास निष्कर्ष विहीन ।

पुस  ३० काठमाडौं , नेपाली काँग्रेसमा अहिले बिभाजन हुने ठुलाे खतरा बढ्दै गएकाे छ, संस्थापन पक्ष र विशेष महाधिवेशन पक्ष बिच मंगलबार राती अबेरसम्म भएकाे संवाद निष्कर्ष विहीन भएपछि याे खतरा बढेकाे हाे ।
विशेष महाधिवेशन पक्षधर र संस्थापनबीच बार्तामा नेतृत्व परिवर्तनको अडानबाट देउवा पछि नहटेपछि विवाद चरमोत्कर्षमा पुगेको थियाे , विशेष महाधिवेशन पक्षधरले  सहमति नजुटेपछि बुधबार बिहान ९ बजे सभापति शेरबहादुर देउवाको निष्कासन गर्ने नयाँ नेतृत्व चयनकाे प्रक्रिया अगाडि बढाउने तयारी गरिएको स्रोतले जनाएको छ ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयनको गृहकार्यमा सक्रिय भएपछि संस्थापन पक्ष आक्रामक बन्दै बुधबार ११ बजे महामन्त्री थापामाथि अनुशासनको कारबाही घोषणा गर्ने तयारी गरिएको संस्थापन पक्षका नेताहरूले बताइएको छन्, पुरानाे लाेकतान्त्रीक पार्टी नेपाली कांग्रेसभित्रको शक्ति संघर्षले फेरि नेपाली काँग्रेसमा विभाजनको खतरा बढ्दै गएकाे छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु