बुधबार ६ श्रावण, २०८३ (Wednesday July 22, 2026)

लोकतन्त्रमा जनताको फैसला नै अन्तिम फैसला हुन्छ , प्राप्त जनमतलाई पूर्ण सम्मानका साथ शिरोधार्य गर्छाैं :- अध्यक्ष ओली ।

बिहीबार २८ फाल्गुन, २०८२ Bichar Batika 1263


लोकतन्त्रमा जनताको फैसला नै अन्तिम फैसला हुन्छ ,  प्राप्त जनमतलाई पूर्ण सम्मानका साथ शिरोधार्य  गर्छाैं  :- अध्यक्ष ओली ।

फागुन २८ काठमाडौं , नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रमा जनताको फैसला नै अन्तिम हुने बताउँदै  प्राप्त जनमतलाई पूर्ण सम्मानका साथ शिरोधार्य गर्ने सामाजिक सञ्जालबाट  प्रतिबद्धता व्यक्त गर्नु भएकाे छ ।
अध्यक्ष ओलीले फेसबुकमार्फत एक सन्देश जारी गर्दै निर्वाचनमा आफू र आफ्नो पार्टीले सोचेजस्तो परिणाम प्राप्त गर्न नसकेको स्वीकार गर्दै यस पटकको निर्वाचनमा मैले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न सकिनँ, हाम्रो पार्टीले पनि अपेक्षित परिणाम ल्याउन सकेन, लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ, र त्यो फैसला शिरोधार्य गर्नु म र मेरो पार्टीको कर्तव्य हो,जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्दछु भनेर सामाजिक सञ्जालमा पाेष्ट गर्दै निर्वाचनको परिणाम आफ्नो पक्षमा नआए पनि पार्टीको चुनाव चिन्ह सूर्यमा मतदान गर्ने सम्पूर्ण मतदाता, नेता, कार्यकर्ता र शुभेच्छुकहरूलाई अध्यक्ष ओलीले  विशेष धन्यवाद समेत दिनु भएकाे छ ।
अहिलेकाे कठिन परिस्थितिमा पनि साथ दिने समर्थकहरूको विश्वास नै आफ्नो मुख्य शक्ति भएको उल्लेख गर्दै अध्यक्ष ओलीले जनताप्रतिको सेवाभाव र प्रतिबद्धतामा कुनै कमी नआउने स्पष्ट पार्दै हारबाट विचलित नभई आगामी दिनमा पनि जनताकै बीचमा रहेर काम गर्ने र यो सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्ने निर्वाचनमा अपेक्षित सफलता नमिले पनि जनताको मतलाई लोकतान्त्रिक अभ्यासको रूपमा लिँदै आगामी राजनीतिक यात्रालाई थप सक्रिय बनाउने संकेत अध्यक्ष ओलीले गर्नु भएकाे छ




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु